सम्पूर्ण उपसुचकमा गिरावट आउँदा नेप्सेमा पहिरो, प्राविधिक बिश्लेषणले के देखायो ?
आर्थिक संवाददाता
साउन १४, २०७७ बुधबार २२:४०:२७
१४ साउन, काठमाडाैं । आज पनि बजारमा बिक्रीकर्ता हावी हुँदा नेप्से परिसूचक १ दशमलव ६१ प्रतिशतले घट्दै शेयरबजार बन्द भएको छ । नेप्से परिसूचक १४३१.५२ को विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचक २३ दशमलव ३६ अंकले घट्दा कारोवार रकम १ अर्ब ६८ करोड रहेको छ । कारोवार रकम भने वृद्धि भएको छ । बिक्रीकर्ताहरु केही आत्तिएको अवस्थामा देखिएका थिए । सम्पूर्ण उपसुचकमा गिरावट आएको र बजार दिनकै न्यून विन्दुमा बन्द भएको थियो ।
आज बजार १४५२.५२ को विन्दुमा खुलेकोमा बजारको उच्च विन्दु र खुला विन्दु एकै रहेको छ। बजार खुलेबाट नै निरन्तर घटेको थियो । आज बजारले २ बजेर ४७ मिनेटमा न्यून विन्दु समातेको थियो । आजको न्यून विन्दु १४३१ दशमवल ४७ थियो र बजार त्यही विन्दुकै वरीपरी बन्द भएको थियो । कारोवार रकम पनि वृद्धि हुनु र नेप्से परिसूचकपनि इण्ट्राडेलोमा बन्द हुनुलाई नकारात्मक रुपमा लिन सकिन्छ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक १५ करोड ७१ लाख बराबरको शेयर खरिदबिक्री भएको छ । युनियन हाईड्रोपावर र जोशी हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य सर्वाधिक ९ दशमलव ४५ प्रतिशतले घटेको छ।
आज सम्पूर्ण उपसुचकमा गिरावट आएको छ । बजारलाई ड्राईभ गर्ने वाणिज्य बैंक उपसुचकमा १ दशमवल ७३ प्रतिशतको गिरावट आएको छ भने सबै भन्दा धेरै होटल उपसुचकमा ३ दशमलव ६४ प्रतिशतको गिरावट आएको छ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ः १४५८ । प्रतिरोध १ः १४४४ । टेवा १ः १४२७ । टेवा २ः १४१७
? आजको कारोबारले बजारमा आपूर्ति बढेको देखिन्छ। आजको बजार प्रवृत्तिले बियरिस मैनबत्तीको चित्र बनाएको छ। यसले क्रेताभन्दा विक्रेताको चाप भएको जानकारी दिएको छ।
?दैनिकी अवधिमा “आरएसआई” ५६ दशमलब ५८ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा आपूर्ति बढेको जानकारी दिएको छ ।
?“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा बिक्रेताको चाप केहि बढ्न थालेको जानकारी दिएको छ।
?“अन ब्यालेन्स भल्यूम” ले पनि बजारमा आज विक्रेताको चाप रहेको जानकारी दिएको छ ।
? नेप्से बढेमा पहिलो प्रतिरोध १४४४ को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १४२७ को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार