लोपोन्मुख प्रजातिको विजयसाल संरक्षणमा जुटे उपभोक्ता
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २३:३२:५६
१४ साउन, कैलाली । बहुउपयोगी बिरुवाको रूपमा चिनिने लोपोन्मुख प्रजातिको विजयसाल संरक्षणमा उपभोक्ता जुटेका छन् । कैलालीको चुरे गाउँपालिका–४ स्थित समैजी सामुदायिक वनका उपभोक्ता लोपोन्मुख विजयसाल संरक्षणमा जुटेका हुन् ।
सो सामुदायिक वनले विजयसालको नमूना प्लट तयार गरी ४.५ हेक्टर क्षेत्रफलमा काँडेतारले घेरबार गरेर संरक्षणमा लागेको छ । सामुदायिक वनले विजयसाल संरक्षणका लागि योजना बनाएर संरक्षण गरिरहेको सामुदायिक वनका अध्यक्ष हेमबहादुर विष्टले बताए । सामुदायिक वनभित्र रहेका पुराना रूख संरक्षण गरी विजयसालको पुनः उत्पादन बढाउने उद्देश्यले नमूना प्लट बनाएर संरक्षणको काम अघि बढेको उनले बताए । विजययसालको महत्व नबुझ्दा विगतमा घाँस र दाउराका रूपमा प्रयोग गरिँदै आएकामा सामुदायिक वन बनाएपछि त्यसको महत्वबारे उपभोक्ता जानकार भएको विष्टले बताए ।
कैलालीको चुरे गाउँपालिकाभित्र ४० वटा सामुदायिक वन रहेका छन् । ती वनमध्ये समैजी सामुदायिक वनमा मात्र विजयसालका रुख देख्न पाइन्छ । विजयसालका पुराना रूख संरक्षण र सम्बद्र्धन गरी बिरुवा हुर्काउन सजिलो हुने स्थानीय उपभोक्ताको भनाइ छ । सो सामुदायिक वनमा विजयसालको नमूना प्लट बनाएर संरक्षण गरिन लागेपछि रूख हुर्काउन सजिलो हुने स्थानीय धनसरा धामीको भनाइ छ । विगतमा आगलागीका कारणसमेत पुनः उत्पादन भएका विजयसालका बिरुवा मर्दै आएका थिए । हाल उपभोक्ताको सक्रियताले वनमा आगलागी हुन नपाउँदा बिरुवा हुर्कदै गएको जनाइएको छ ।
सो वनको नमूना प्लटमा २५० वटा विजयसालका रुख रहेका छन् । नमूना प्लट बनाएर संरक्षणको काम गरिएपछि पछिल्ला वर्षमा विजयसालका नयाँ बोटको सङ्ख्यामा बढोत्तरी भइरहेको स्थानीयवासीको भनाइ छ । डिभिजन वन कार्यालय कैलालीले विजयसाल संरक्षणका लागि तारबार गर्न ४०० फलामे पोल र ८०० किलोग्राम काँडेतार सहयोग गरी रुखमा ट्र्याकिङ गर्ने काम गरिएको छ ।
विजयसालको काठबाट बनेका भाँडाको बजारमा माग अधिक रहेकाले आम्दानीको स्रोतका रुपमा लिन सकिने डिभिजन वन कार्यालय धनगढीले जनाएको छ । विजयसाल बहुऔषधिका रूपमा प्रयोग हुने र काठले समेत उच्च मूल्य पाउने भएकाले यसको संरक्षण गर्नु जरुरी रहेको डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत रामअवतार चौधरीले बताए । विजयसाल दम, मुटुका रोग, ग्याष्ट्रिक, चर्मरोग, चोटपटक लागेको ठीक गर्न परम्परागतकालदेखि प्रयोग हुँदै आएको जानकार बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार