बाढीले पुल भत्काएपछि अस्थायी सडक निर्माण
नेपालबहस संवाददाता
साउन १४, २०७७ बुधबार २३:४२:४०
१४ साउन, चितवन । अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि चितवनको इच्छाकामना गाउँपालिका–७ का स्थानीयवासीलाई गाउँपालिका कार्यालय कुरिनटार र सदरमुकाम भरतपुर जान कठिनाइ भएको छ ।
यही साउन ११ गते राति वर्षासँगै आएको बाढीले वडा नं ७ स्थित हरिपुर पुल बगाएपछि पूर्णरुपमा यातायात अवरुद्ध बनेको हो । अवरुद्ध यातायात पुनः सञ्चालन गराउन तत्काल अस्थायी रुपमा सडक निर्माणको काम शुरु भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।
अस्थायी सडक निर्माणका लागि खोलामा ह्युम पाइप जडान गरी वरपर ग्याबिन, तार, जाली र ग्राभेलिङ गर्ने काम भइरहेको अध्यक्ष गुरुङको भनाइ छ । अस्थायी सडक निर्माणका लागि १२ ह्युम पाइप र ४० ट्रिप ढुङ्गा ग्राभेल राख्ने काम भएको अध्यक्ष गुरुङले बताए । यही साउन १२ गतेदेखि नै अस्थायी सडक निर्माण शुरु गरिएको र एकदुई दिनभित्र अवरुद्ध यातायात सञ्चालन गरिने पनि उनले बताए ।
झण्डै दुई दशकअघि बनेको पुल बाढीले बगाउँदा इच्छाकामना–७ अन्तर्गत खेतबारी, स्याङ्दी, सिमलढाप, गर्दासलगायत नागरिक हरिपुर पुल हुँदै सदरमुकाम भरतपुर र गाउँपालिका केन्द्र कुरिनटार आउजाउ गर्ने गर्थे । बाढीले पुल भत्काएपछि त्यस भेगका करीब तीन हजारभन्दा बढी नागरिकलाई यातायातमा आउजाउ गर्न असुविधा भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार