अवैध नदीजन्य सामग्री झिक्ने एक स्काभेटरसहित १० टिपर कारवाहीमा
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार १८:२५:२१
१५ साउन, नुवाकोट । नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्रीको उत्खनन तथा ओसारपसार गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । प्रचलित कानूनअनुसार असारदेखि भदौसम्म नदी र खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने व्यवस्था भए पनि लुकिछिपी बालुवा उत्खननमा संलग्न एक स्काभेटरसहित १० टिपरलाई नुवाकोट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख अविनारायण काफ्लेका अनुसार त्रिशूली नदीबाट अवैधरूपमा बालुवा झिक्दै गरेको एक स्काभेटरलाई सोही स्थानमा साङ्लो लगाइएको छ भने १० टिपर नियन्त्रणमा लिएर कारवाहीका लागि जिल्ला समन्वय समितिमा पठाइएको छ । अवैधरूपमा नदीजन्य सामग्री झिक्ने स्काभेटरसहित ओसारपसारमा संलग्नलाई नगद जरिवाना तिराउने कानूनी व्यवस्था रहेको जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले जानकारी दिए ।
उनका अनुसार हालसम्म रु एक लाख ७० हजार राजश्व सङ्कलन भइसकेको छ भने अझै केही सवारी साधनमाथि कारवाहीको प्रक्रिया भइरहेको छ । गएको वर्ष नुवाकोटका नदी र खोलाबाट अवैधरूपमा नदीजन्य सामग्री उत्खननमा संलग्न रहेका सवारी साधनमाथि गरिएको कारवाहीमा रु १२ लाख १० हजार राजश्व सङ्कलन भएको थियो । खोला र नदीबाट अवैधरूपमा उत्खनन गरेर सङ्कलन गरिएको बालुवालगायतका नदीजन्य सामग्रीको लिलाम गर्न लागिएको छ ।
जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले गत वर्षको बर्खायामदेखि हालसम्म अवैधरूपमा उत्खनन गरेर थुपारेका नदीजन्य सामग्री जफत गरेर त्यसलाई बढाबढमा बिक्रीका लागि लिलाम निकाल्न स्थानीय तहलाई निर्देशन दिएको संयोजक तामाङले जानकारी दिए । उनका अनुसार नदी र खोला किनारमा थुपारिएका अवैध बालुवा करिब रु एक करोड रहेको अनुमान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार