न्यालम क्षेत्रका ताल फुट्नसक्ने सम्भावना, स्थानीयलाई सतर्क रहन अनुरोध
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार १९:३:२१
१५ साउन, सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टले विपद्को समयमा हुनसक्ने जोखिम न्यूनीकरण गर्न र सम्भावित जोखिमबाट बचाउन पूर्व सूचना प्रणाली स्थापना गर्ने पहल शुरु गरेको छ ।
मित्रराष्ट्र चीनको न्यालम हिमताल रहेको क्षेत्रमा लगातार वर्षा भइरहेकाले न्यालम क्षेत्रका विभिन्न ताल फुट्नसक्ने जानकारी प्राप्त हुनासाथ बुधबार जिल्ला विपद् व्यवस्थापन समिति कमाण्ड पोष्टको बैठक बसेको हो । चीनसँग कूटनीतिक पहल गरी आवश्यक व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने कुरा भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
चीनको न्यालमस्थित उच्च हिमाली ठाउँका विभिन्न तालमा पानीको सतह केही घट्दै गएको भनी चिनियाँ अधिकारीबाट अनौपचारिक सूचना प्राप्त भए पनि निरन्तर वर्षा भइरहेकोले ताल फुट्न सक्ने खतरा अझै टरिनसकेको भन्दै भोटेकोशी नदी तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन प्रजिअ ढकालले आग्रह गरेका छन् । केहिदिन अघिको वर्षाका कारण क्षति हुन पुगेको चौतारा अस्पतालको लागि माग भएको १० थान त्रिपाल रेडक्रस सोसाइटीमार्फत उपलव्ध गराउने निर्णय गरिएको ढकालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार