विराटनगरमा सामाजिक सुरक्षा भत्ता रु ३६ करोड वितरण
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार २०:३:५७
१५ साउन, विराटनगर । महानगरपालिकाले गत आर्थिक वर्ष २०७६/७७ मा सामाजिक सुरक्षा भत्ताबापत रु ३५ करोड ७३ लाख ३८ हजार ९०० वितरण गरेको छ । महानगरपालिकाले पहिलो चौमासिक भत्ताअन्तर्गत अशक्त ३०७ लाई रु १९ लाख ८० हजार ८००, एकल महिला ६८९ लाई रु ६६ लाख ६० हजार, ज्येष्ठ नागरिक पाँच हजार ३०३ लाई रु छ करोड ३५ लाख ६७ हजार, ज्येष्ठ नागरिक ९दलित० ६७७ लाई रु ५९ लाख ५० हजार, पूर्ण अपाङ्गता २७६ लाई रु ३३ लाख २८ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६४२ लाई रु १० लाख १० हजार ४०० र बिधवा चार हजार ९० लाई रु तीन करोड ३१ लाख ३४ हजार वितरण गरेको सुरक्षा भत्ता वितरण शाखाका लक्ष्मीप्रसाद धिमालले जानकारी दिए ।
यस्तै दोस्रो चौमासिकमा अति अशक्त ३६९ लाई रु २३ लाख ७३ हजार ६००, एकल महिला ६३९ लाई रु ६१ लाख २८ हजार, ज्येष्ठ नागरिक पाँच हजार ४३५ लाई रु छ करोड ४८ लाख ७६ हजार, ज्येष्ठ नागरिक (दलित) ६९७ लाई रु ६० लाख ६२ हजार, पूर्ण अपाङ्गता ३०४ लाई रु ३६ लाख ५६ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६८८ लाई रु १० लाख ८८ हजार ४००, विधवा चार हजार ३७४ लाई रु तीन करोड ५६ लाख आठ हजार वितरण गरिएको छ ।
यसैगरी तेस्रो चौमासिकमा अशक्त ३९१ लाई रु २५ लाख ४० हजार, एकल महिला ६६४ लाई रु ६४ लाख ६५ हजार ६००, ज्येष्ठ नागरिक पाँच हजार ३८७ लाई रु छ करोड ५४ लाख ५१ हजार, ज्येष्ठ नागरिक (दलित) ७०७ लाई रु ६२ लाख ९८ हजार, पूर्ण अपाङ्गता ३१७ लाई रु ३८ लाख २४ हजार, बालबालिका सुरक्षाअन्तर्गत ६७१ लाई रु १० लाख ७२ हजार र विधवा चार हजार ४९९ लाई रु तीन करोड ६८ लाख ४६ हजार वितरण गरिएको महानगरपालिकाले जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार
१८ अर्ब ६६ करोडको प्रतिबद्धता आएकोमा ५ अर्ब ७६ करोड मात्र भित्रियो एफडीआई
पुष १, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार