बालबिटौरी आन्दोलन एक साताका लागि स्थगन
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार २१:९:९
१५ साउन, लहान । बाल बिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै जारी लहानवासीको आन्दोलन एक साताका लागि स्थगन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख डा कृष्णबहादुर घिमिरेको पहलमा भएको स्थानीय प्रशासन, मालपोत कार्यालय र आन्दोलनरत बालबिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा सङ्घर्ष समितिका प्रतिनिधिबीचको छलफलमा माग सम्बोधनका लागि केन्द्रमा लिखितपत्र पठाउने र पूरा गराउन प्रयास गर्ने सहमति भएपछि एक साताका लागि आन्दोलन स्थगन गरिएको हो ।
बालबिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा गराउन आजैदेखि पहल गरिने इलाका प्रशासन कार्यालयका प्रमुख डा घिमिरेले आश्वासन दिएपछि एक साताका लागि आन्दोलनका कार्यक्रम स्थगन गरिएको सङ्घर्ष समितिका संयोजक विजयकुमार गुप्ताले जानकारी दिए । माग सम्बोधनका लागि पहल गर्ने सहमतिपछि आगामी मङ्गलबारसम्म आन्दोलन स्थगन राख्ने र मङ्गलबारसम्म कुनै ठोस निर्णय नआए बुधबारदेखि मालपोत कार्यालयमा तालाबन्दी गर्नाका साथै दैनिक कामकाज अवरुद्ध गर्नेसहितका आन्दोलनका कार्यक्रम अघि बढाइने संयोजक गुप्ताले बताए ।
जग्गाधनी पुर्जा भए पनि बालबिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा नहुँदा लहान बजारका करिब दुई हजार ५०० परिवार मारमा परेको जनाई बालबिटौरी तथा गाउँ ब्लक जग्गा अद्यावधिक गर्नुपर्ने माग गर्दै सङ्घर्ष समितिले आन्दोलन गर्दै आएको थियो । सरकारको नीतिअनुरुप विसं २०२६ मा खाली जग्गा नाप नक्सा गरी जग्गाधनीलाई दर्ता स्रेस्ता कायम गरी पुर्जासमेत वितरण गरिए पनि बालबिटौरी र गाउँब्लकका रूपमा रहेको जग्गा फुकुवा नहुँदा समस्या परेको सङ्घर्ष समितिका सहसंयोजक रामऔतार शर्माले जानकारी दिए ।
विभिन्न व्यक्तिको घरबास भएको बिटौरी जग्गासमेतलाई गाउँ ९ब्लक० भनेर फिल्डबुक कायम गरी नाप÷नक्सा भएकामा हाल नापी विभागबाट नापजाँच भई फिल्डबुकका आधारमा जग्गा दर्ता गरी जग्गाधनी दर्ता स्रेस्ता कायम गरेर पुर्जा उपलब्ध नगराउँदा लहान नगरपालिकाभित्र पुस्तौँदेखि बसोबास गर्दै आइरहेका व्यक्ति जग्गासम्बन्धी कुनै पनि कारोवार गर्न नपाएर मारमा परेको संयोजक गुप्ताले बताए । अविलम्ब सो जग्गाको प्रमाणपत्र वितरण गरी हक हस्तान्तरणसमेत हुने व्यवस्था मिलाउन उनले माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार