‘आफूले पाएजस्तै सेवा अरुलाई गर्न मन छ’
नेपालबहस संवाददाता
साउन १५, २०७७ बिहिबार २१:२०:३१
१५ साउन, बनेपा । गोरखा जिल्ला घर बताउने सजिना परियार अहिले बनेपास्थित फूलचोकी नर्सिङ कलेजमा पहिलो वर्षमा अध्ययन गर्दै छन् । तीन कक्षादेखि पनौती नगरपालिका–८ मा रहेको दलित उत्पीडित कल्याण सङ्घद्वारा सञ्चालित ‘ह्याप्पी चिल्ड्रेन होम’ मा बसेर अध्ययन गर्दै आएकी उनी विद्यालय तह सकेर नर्सिङ अध्ययन गर्न थालेकी हुन्।
“बाबा कहाँ छन् थाहा छैन, आमा गाउँमा नै थिए ।” सजिनाले भने, “पहिला–पहिला त सम्पर्क हुन्थ्यो, अहिले सम्पर्क नभएको पनि धेरै भइसक्यो ।” आर्थिक अवस्था कमजोर भएका कारण सजिना अरुको मेलापातमा जान्छन् र त्यहीँबाट जीवन गुजारा गर्छन् । अहिले १७ वर्षकी उनी अब आफ्नो खुट्टामा उभिन र सकेको सहयोग गर्न लाग्नुपर्छ भन्ने सोचमा छन् । उनीजस्तै अरु १३ साना बालबालिका अहिले सो बालगृहमा बसेर अध्ययन गरिरहेका छन् । सजिना भन्छन्, “सानैदेखि हामीलाई बिना भेदभाव हुर्काउने र पढाउने गरेका छन् । माया दिएर तालिकाअनुसार नै खाना, खाजालगायत सबै दिएर सेवा गरिरहेका छन् ।” चाडपर्व आउँदा पनि त्यही अनुसारले खुशी पाइरहेको उनको भनाइ छ ।
“अस्पताल पुग्दा नर्सहरुले गरेको काम देखेर प्रभावित भएको थिएँ, त्यही भएर ममा पनि नर्सिङ पढेर सेवा गर्ने सोच भएकाले अहिले नर्सिङ पढ्दैछु”, उनले भने, “हामीलाई पढाउन दाता छैन, मलाई पढाउन त गाह्रो भइरहेको छ । साना भाइबहिनी पनि छन्, दाता नभएपछि उनीहरुले भनेजस्तो इच्छाले पढ्न पाउँदैनन् ।” दाताहरुले सहयोग गरिदिए आफूहरूका लागि धेरै सहयोग पुग्ने उनको भनाइ थियो । उनी भन्छन्, “हामी त अलि ठूला भइसक्यौँ, साना भाइबहिनीले बुझ्दैनन् । घरभाडा तिर्नेदेखि अरु व्यवस्थापनमा धेरै चुनौती छ हाम्रो संस्थालाई, त्यसैले हाम्रो संस्थालाई सहयोगीदाताले सहयोग गर्नुभएमा हामीले पनि पढ्न र जीवनमा केही गरेर देखाउन सक्ने मान्छे बन्नमा ठूलो टेवा मिल्ने थियो ।”
आफू पनि यहीँ हुर्केको र यहीँबाट पढ्ने मौका पाएकाले अब यही संस्थाका लागि केही गर्नुपर्छ भन्ने सोचमा रहेको उनले बताए । ज्ञानज्योति बोर्डिङ स्कूलबाट एसइई गरेर उनी अहिले नर्सिङ कलेजमा पहिलो वर्षमा अध्ययन गरिरहेकी छन् । “संस्थाका बुबाले स्थानीय दाता र अन्य चिनेजानेकालाई भनेर पढाउँदै आउनुभएको छ, मलगायत अरु दुई भाइ र बहिनीले यसपालि एसइई दिनुपर्ने । कोरोनाको प्रभावले रोकियो, अरु भाइबहिनी नर्सरी/एलकेजीमा पढिरहेका छन्”, उनले भने ।
सो संस्थाका सञ्चालक समिति अध्यक्ष शङ्खर परियारले २०६७ सालमा दर्ता गरेर सञ्चालन गरेदेखि निरन्तर दाताहरुको सहयोगमा सञ्चालन गर्दै आएको बताए । संस्था दर्ता गर्नु अगाडिदेखि बालबालिकाहरु पाल्दै आएका उनको संस्थामा १३ बालबालिका छन् । स्थानीय दाताहरुबाट नै व्यवस्थापन गर्दै आएको भए पनि तीन–चार महिनादेखि घर भाडा तिर्न नसकेको अध्यक्ष परियारले बताए । घरभाडामा मासिक रु ३० हजार तिर्ने गरी सञ्चालन गर्दै आएको सो बालगृह सञ्चालन गर्न विद्यालयमा गएर कार्यक्रम गर्ने र त्यहीँबाट सङ्कलन भएको दुई/चार हजार रकमबाट अरु व्यवस्थापन गर्दै आएको उनले बताए ।
अहिले सो बालगृहमा पनौतीलगायत मकवानपुर, रोल्पा, गोरखा र सिन्धुपाल्चोक जिल्लाका गरी तीन वर्षदेखि १८ वर्षसम्मका १३ बालबालिका छन् । बालगृहमा रहेका बालबालिका पुण्य माध्यमिक विद्यालय र ज्ञानज्योति बोर्डिङ स्कूल पनौतीमा अध्ययन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार