रेडक्रससँग सहकार्य गर्दै एनआरएनए, चितवनमा रगत अनुसन्धान केन्द्र
नेपालबहस संवाददाता
साउन १५, २०७७ शुक्रबार ०:४:५८
१५ साउन, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा रगत सङ्कलनदेखि रगत अनुसन्धानको क्षेत्रमा काम अघि बढाएको छ । संघले रगत सङ्कलनका लागि मोबाइल बस सेवाको स्थापना गर्नेदेखि रगत अनुसन्धान केन्द्र निर्माणकार्य अघि बढाएको हो ।
नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा संघले रगत सङ्कलन गर्न मोबाइल बस सेवाअन्तर्गत पहिलो बस अबको केही महिनाभित्र उपलब्ध गराउने तयारी रहेको संघका सचिव गौरीराज जोशीले जानकारी दिए । झण्डै रु एक करोड लागतमा दुई रगत सङ्कलन मोबाइल बसको प्रबन्ध गर्ने गरी संघले योजना अघि बढाएको उनको भनाइ छ ।
सचिव जोशीले पहिलो बस उपलब्ध गराउनका लागि आवश्यक पर्ने रकम बराबरको सहयोगको प्रतिबद्धता आइसकेकाले अहिले कोरोनाले प्रभावित अवस्था सामान्य भए अक्टोबरसम्ममा पहिलो बस उपलब्ध गराइने उल्लेख गरे । त्यसलगत्तै फेरि आर्थिक सहयोग सङ्कलन गरी अर्को बस उपलब्ध गराइने जानकारी जोशीले दिए ।
संघले रगत सङ्कलन बस सेवादेखि लिएर रगत अनुसन्धान केन्द्र निर्माणका लागि चितवनलाई रोजेको छ । चितवनको भरतपुर नगरपालिकाले समेत केन्द्रका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराइसकेको छ । अनुसन्धानमूलक रूपमा बहुआयामिक महत्वका साथ अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको बताउँदै सचिव जोशीले अनुसन्धान केन्द्रलाई चरणबद्ध विकास गरिने र सोहीअनुरूप पहिलो चरणमा ल्याबसहितको केन्द्र बनाएर शुरुआत यसै वर्ष गर्ने तयारी संघको रहेको जानकारी दिए ।
“अनुसन्धान केन्द्र निर्माण भए यसले धेरै दृष्टिकोणबाट नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्छ । यसलाई हामीले निकै महत्वको प्रोजेक्ट मानेर काम अघि बढाएका छौँ”, सचिव जोशीले भने, “रगतसँग सम्बन्धित अनुसन्धानका लागि एउटा महत्वपूर्ण स्थल यो केन्द्र बन्नेछ । यसमा धेरैको सहकार्य हुन सक्दछ । अनुसन्धानकर्मी र मेडिकल विद्यार्थीका लागि यो एउटा अनुसन्धान थलो बन्नेछ ।” नेपालको लगभग मध्यभागमा रहेको र दुर्घटनाको चार्टहरु हेरेर केलाउँदा चितवनबाट लगभग १२ देखि १७ जिल्लामा रगतको व्यवस्था गर्नुपर्ने देखिएकाले चितवनलाई रोजिएको सचिव जोशीले बताए ।
यसैगरी संघले काठमाडौँमा सार्वजनिक शौचालय निर्माण गर्ने पूर्ववत् निर्णयअनुरूप पहिलो सार्वजनिक शौचालय कलङ्कीमा आउँदो छ महिनाभित्र निर्माण गरिसक्ने भएको छ । काठमाडौँमा व्यस्त पाँच स्थानमा सार्वजनिक शौचालय बनाउने संघको तयारीअनुरूप पहिलो शौचालय कङ्लकीमा निर्माण गरिने तथा त्यसको सञ्चालन प्रक्रिया र संरक्षणको अवस्था हेरी थप स्थानमा शौचालय बनाइने सचिव जोशीले जानकारी दिए ।
काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा संघले सार्वजनिक शौचालय बनाउने गरी योजना अघि सारेको थियो । “निर्माणभन्दा पनि यसको सञ्चालन र संरक्षणको विषय महत्वपूर्ण हो । त्यसका लागि हामीले काम गरिरहेका छौँ”, सचिव जोशीले भने, “अहिले कलङ्कीमा एउटा शौचालय छ महिनाभित्र बनाइसक्छौँ, अनि यसलाई हेरेर बाँकी योजना अघि बढाइनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार