राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आइडियुको सदस्यता
नेपालबहस संवाददाता
साउन १५, २०७७ शुक्रबार ०:९:३६
५ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सम्वद्र्धनवादी राजनीतिक दलहरुको छाता सङ्गठन इन्टरनेशनल डेमोक्राटिक युनियन ‘आइडियु’ को सदस्यता प्राप्त गरेको छ । क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफन हार्परको अध्यक्षतामा बसेका युनियन कार्य समितिको भर्चुअल बैठकले सदस्यता दिने निर्णय गरेको राप्रपाका नेता राजाराम बर्तौताले जानकारी दिए ।
राप्रपालाई सदस्यता दिने अष्ट्रेलियाका सत्तारुढ दल लिवरल पार्टी अफ अष्ट्रेलियाले गरेको प्रस्तावलाई माल्दिभ्सका पूर्वराष्ट्रपति मोहम्मद नसिरले समर्थन जनाएका थिए ।
विश्वका ७६ कन्जरभेटिभ राजनीतिक दलका प्रतिनिधि सम्मिलित उक्त बैठकमा राप्रपा अध्यक्ष कमल थापा सहभागी थिए । बैठकमा अध्यक्ष थापाले संसारका सबै मुलुकको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामा विश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमा एकता र सहकार्यको आवश्यकता औँल्याएको राप्रपाले जानकारी दिएको छ ।
संयुक्त राज्य अमेरिकाको वासिङ्टन डिसिमा आयोजना हुने उक्त बैठक कोभिड–१९ का कारण भर्चुअलमा परिणत भएको थियो । बैठकले नेपालसहित युक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिक दललाई सदस्यता प्रदान गरेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार