लायन्स क्लब लहान सिटिद्धारा स्वास्थ्य सुरक्षा सामग्री प्रदान
नेपालबहस संवाददाता
साउन १५, २०७७ शुक्रबार २:१४:१
◊ धीरुभाइ
१५ साउन सप्तरी । लायन्स क्लब अफ लहान सिटिले बिहीबार कोरोना भाइरस (कोभिड–१९) व्यवस्थापन सहयोग सेवा कार्यक्रम अन्तर्गत विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । क्लबले १५ सेट पीपीई, छ हजार सर्जिकल माक्स र १५ लिटर सेनिटाइजर वितरण गरेको हाे ।
लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष सुदिपकुमार चौधरी, जिल्ला उध्योग वाणिज्य संघ, लहान, सिराहाका अध्यक्ष अशोकलाल अमात्य, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शरद थापा, सशस्त्र प्रहरी बल, लहानका प्रमुख डिएसपी डम्बर राणा, एरिया कोअर्डिनेटर लायन चक्रपाणी दहाल, जोन चेयरपर्सन रियासत लिमि, एडिसनल क्याविनेट ट्रेजरर लायन धरणिधर अधिकारी, लहान स्थित जेनरल अस्पतालका प्रमुख सुनिल कुशवाहा, सप्तऋषि अस्पतालका प्रमुख डा. सुबासबाबु साह, पूर्व अध्यक्ष विकास सारदा, जिल्ला ट्राफिक कार्यलयका प्रतिनिधि, लगायत क्लबका पदाधिकारीहरु, सदस्यहरुसहित सुरक्षाकर्मीहरु, पत्रकार, विशिष्ट व्यक्तिहरु लगायतको उपस्तिथिमा सो सामग्री वितरण गरिएको छ ।
इलाका प्रहरी कार्यलय, लहानलाई एक हजार मास्क र पाँच लिटर सेनिटाइजर, जिल्ला ट्राफिक कार्यलय, लहानलाई नौ सय मास्क र पाँच लिटर सेनिटाजर, सशस्त्र प्रहरी बल, लहानलाई आठ सय मास्क र पाँच लिटर सेनिटाइजर, राउ स्मारक अस्पताल, लहानलाई ११ सेट पीपीई, लहान क्यान्सर केयर सेन्टरलाई चार सेट पीपीई वितरण गरिएको छ ।
यसअघि लायन्सहरुले लहानको मुख्य चोक, तरकारी बजार र मुख्य बजाररपुरानो बजार परिक्रमा गरि सर्वसाधारणलाई सचेतना गराउदै तीन हजार ३०० मास्क वितरण गरेको बताइएको छ । सो अवसरमा एरिया कोअर्डिनेटर चक्रपाणी दहालले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथी प्रकाश पारेको थिए भने उधोग वाणिज्य संघका अध्यक्ष अशोकलाल अमात्य र डिएसपी शरद थापाले कोभिड १९ को सामाजिक संक्रमणबाट बचाउन लायन्स क्लबले उदाहरणीय कार्य गरेको बताए । कार्यक्रममा क्लबका अध्यक्ष सुदीपकुमार चौधरीले धन्यवाद ज्ञापन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार