निजी अस्पताललाई कोरोना बिरामीको उपचार गर्न दिइने, तर शुल्क महंगो !
नेपालबहस संवाददाता
साउन १५, २०७७ शुक्रबार २:१३:५५
१५ साउन, काठमाडौं । कोरोना उपचार गरेबापत निजी अस्पतालले दैनिक १५ हजारसम्म शुल्क लिन पाउने निर्णय सरकारले गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जटिल अवस्थाका बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार रुपैयाँसम्म लिन पाउने निर्णय भएको बताएका हुन् ।
कोरोना संक्रमितको उपचारका लागि सरकारले लेबल १, २ र ३ गरी तीन थरी अस्पताल तोकेको छ । यीबाहेक अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा उक्त अस्पतालको समेत सहमति लिई उपचार गर्न पाउनेछन् ।
यसरी उपचार गर्दा संक्रमित सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम जटिल खालको भए ७ हजार र जटिल तथा क्रिटिकल अवस्थाको भए १५ हजार रुपैयाँ नबढाई लिन पाउने बताए ।
यस्तै सरकारले कोरोना परीक्षण गर्दा निजी अस्पतालले बिरामीबाट १० प्रतिशतसम्म सेवा शुल्क पनि लिन पाउने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार निजी अस्पतालले पीसीअर विधिबाट कोरोना परीक्षण गर्दा सरकारले तोकेको ५५ सय रुपैयाँमा थप १० प्रतिशतसम्म सेवा शुल्क लिन पाउनेछ ।
यसरी निजीलाई अधिकार दिदाँ नागरिकमाथि लुट हुन सक्ने आशंका गरिएको छ । यसअघि निजी अस्पतालले कोरोना शंका लाग्नेवित्तिकै बिरामीको उपचार नगरेर ज्यान गुमाएका धेरै उदाहरण छन । जसले फेरि समस्या निम्त्याउन सक्ने आशंका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीको बगुवा खोलाबाट गाँजासहित दुई जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार