वीरगञ्जमा कोरोना सङ्क्रमणको त्रास : चिकित्सकसहितको विज्ञ टोली पठाउन माग
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार ५:५०:५४
१५ साउन, वीरगञ्ज । पर्सामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि यहाँका समाजसेवी तथा राजनीति दलका प्रतिनिधिले चिकित्सकसहितको विज्ञ टोली तत्काल वीरगञ्ज पठाउन माग गरेका छन् ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन अत्यधिक बढ्दै गइरहेकामा गम्भीर चिन्ता व्यक्त गर्दै उनीहरुले विज्ञ टोलीमार्फत सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको व्यवस्थापन गरी दिन सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेका छन् । पर्सा र बारामा बुधबार मात्रै चिकित्सक, स्वास्थ्यकर्मी, नेपाली सेनालगायत ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
आज बसेको जिल्लाका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का अध्यक्षलगायत प्रदेश सांसद, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष र सामाजिक अभियन्तासहितको सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै यस्तो माग गरेको छ । निर्णयको पहिलो बुँदामै कोरोना महामारी नियन्त्रण गर्नका लागि विज्ञ टोली वीरगञ्ज पठाउन माग गरिएको जसपाका युवा नेता ओमप्रकाश सर्राफले बताए ।
वीरगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएपछि अहिले १०० भन्दाबढी सङ्क्रमित घरकै आइसोलेशनमा रहेका छन् । पचास श्ययाको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा ६० जनाभन्दा बढी सङ्क्रमितलाई राखिएको छ । लक्षणसहितका सङ्क्रमित बढी देखिएकाले अवस्था जटिल बन्दै गएको जनस्वास्थ्य विज्ञ बताउँछन् ।
बैठकले अरु पनि निजी अस्पताललाई लिएर कोभिड अस्पताल बनाउन सङ्घीय सरकारसँग माग गरेको छ । बैठकले नारायणी अस्पतालको बन्द रहेको सेवालाई सुरक्षा अपनाएर सञ्चालन गर्नुपर्ने, वीरगञ्जमा विद्युतीय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय पनि गरेको छ । कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवदाहमा समस्या देखिएकाले शवदाहमा कसैले विरोध नगरिदिन बैठकले सबैमा अनुरोध गरेको छ ।
वीरगञ्ज कारागार शिल
वीरगञ्ज कारागारमा एक महिलासहित आठ जनामा कोरोना सङ्क्रमण भेटिएपछि कारागार शिल गरिएको कारागार प्रमुख ‘जेलर’ श्रवणकुमार पोखरेलले बताए। सङ्क्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेशन कक्ष ‘उपचार केन्द्र’ मा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेशन कक्षमा उपचार भइरहेको छ ।
एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेशन बनाएर उपचार भइरहेको जनाइएको छ । अहिले कारागारभित्र प्रशासनिक काम बाहेक सबै काम बन्द रहेको छ । कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएको उनका आफन्तको स्वाब परीक्षण गर्न उनीहरुको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ ।
हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन् । ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द रहेको जनाइएको छ । कारागारमा सबैभन्दा बढी भारतीय कैदीबन्दी भएकाले भारतीय कैदीबन्दीलाई भेट्न आउँदा कोरोना सङ्क्रमण सर्न सक्ने आशङ्का कारागार प्रशासनले गरेको छ ।
कारागारमा भारतीय कैदीबन्दी बढी रहेको र भारततर्फ कोरोना सङ्क्रमण बढी देखिएकाले कारागार अहिले कोभिड–१९ को उच्च जोखिममा रहेको छ । यसलाई दृष्टिगत गरेर कैदीबन्दीको आफन्तले ल्याउने कोसेली कारागारका कर्मचारीले पु¥याउने काम बन्द गरिएको छ । कारागारमा कोरोना सङ्क्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई सङ्क्रमण नपरोस् भनेर कारागार प्रशासनले कारागार सिल तथा भेटघाट बन्द गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
लुम्बिनीका मुख्यमन्त्री आचार्य चीन जाँदै
कात्तिक २०, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट एक जनाकाे मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
विदासहित जोडर लामिछानेको म्याद १० दिन थपियो, २३ गतेसम्म कास्की हिरासतमै रहने
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीको बगुवा खोलाबाट गाँजासहित दुई जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
पोखरामा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार