अण्डा स्वास्थ्यका लागि फाइदाजनक तर कति खाने ?
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार ६:१३:५६
१६ साउन, काठमाडौं । अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईलाई थाहा छ रु या धेरै अण्डाले हानी गर्न सक्छ रु
चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले भरपूर हुन्छ। आँखाका लागि पनि अण्डा सेवन उपयोगी मानिन्छ। बेलायतका डाइटिसियन डा। फ्र्यांकी फिलिप्सका अनुसार एक दिनमा एक या दुइ अण्डामात्र खान सकिन्छ। उनी भन्छन्, ‘धेरै अण्डा खाँदा डराउनुपर्दैन। तर के ध्यान दिनुस् भने कुनै पनि खानेकुरा बढी खानु भनेको अरु खानेकुुराबाट प्राप्त हुने पोषकतत्वबाट वन्चित रहनु हो।’ यहीकारण डाइटिसियनहरु सन्तुलित भोजनमा ध्यान दिन्छन्।
चिकित्सकका अनुसार दैनिक भोजनमा अन्य खालका प्रोटीन पनि हुन्छन्। खानामा आवश्यकभन्दा दुई या तीन गुणा बढी प्रोटीनको उपभोगले मिर्गौलामा खराब असर गर्ने डर हुन्छ। अण्डामा कोलेस्टेरोल हुन्छ भन्ने प्रमाणित भएपछि ब्रिटिश हार्ट फाउण्डेसनले सन् २००७ मा हप्तामा तीनवटा अण्डामात्र खाने सल्लाह दिएको थियो। नेशनल हेल्थ सर्भिसका अनुसार अण्डामा केही कोलेस्टेरोल त हुन्छ तर हाम्रो रगतमा पाइने कोलेस्टेरोलभन्दा कम हुन्छ। अर्को हिसाबले भन्ने हो भने अण्डामा पाइने कोलेस्टेरोल ठूलो समस्या होइन। स्याचुरेटेड फ्याट बनेको कोलेस्टेरोलचाहिँ ठूलो समस्या हो।
मुटुसम्बन्धी बेलायती संस्थाका अनुसार एउटा अण्डामा ४।६ ग्राम अर्थात् एक चम्चा बोसो हुन्छ। तर यसको एक चौथाई भागमात्र स्याचुरेटेड हुन्छ। यसको मतलब अण्डाकै कारण शरीरको कोलेस्टेरोलमा ठूलो असर पर्दैन भन्ने हो। तर अण्डासँग मख्खन या क्रिम खानाले अर्को नतिजा निस्कन्छ।
कति खाने अण्डा ?
पोषणतत्वले भरिपूर्ण भएकै कारण चिकित्सकहरू दिनमा एउटा अण्डा खाने सल्लाह दिने गर्छन् । अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ । यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।
वि्रटेनका पोषणविद् डा. प|mान्की फिलिप्स अनुसार अण्डा जति पनि खान सकिन्छ । त्यसमा कुनै शंका छैन । तथापि अधिक मात्रामा अण्डाको सेवनले शरीरलाई अन्य खानाबाट पाइने आवश्यक पोषण तत्व प्रदान हुँदैन । त्यसैले त पोषणविद्हरू सन्तुलित आहार सेवन गर्ने सल्लाह दिने गर्छन् ।
फिलिप्स भन्छन्,’ अण्डा प्रोटिनको राम्रो स्रोत हो । हामीले खाने अन्य खानेकुराबाट पनि शरीरले आवश्यक मात्रामा प्रोटिन पाइरहेको हुन्छ । शरीरको आवश्यकता भन्दा दुई वा तीन गुणा बढी बढी प्रोटिनले मिर्गौलामा नराम्रो असर पार्नसक्छ’ ।
अण्डामा प्रोटिनका साथै कोलेस्ट्रोल हुने गरेको तथ्य फेला पारेपछि वि्रटिश हार्ट फाउन्डेसनले सन् २००७मा हप्तामा तीन वटासम्म अण्डा खाने सुझाव दिएको थियो ।
कोलेस्ट्रोल
नेसनल हेल्थ सर्विसकी हालिया सलाहका अनुसासा अण्डामा केही मात्रामा कोलेस्ट्रोल त हुन्छ तर उक्त कोलेस्ट्रोलको मात्रा रगतमा स्याचुरेटेड फ्याटका कारण आउने कोलेस्ट्रोलभन्दा कम हुने गर्छ ।
यस अर्थमा भन्नुपर्दा अण्डामा भएको कोलेस्ट्रोल खासै ठूलो समस्या होइन । यसले स्याचुरेटेड फ्याटका कारण बनेको कोलेस्ट्रोलले जस्तो स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउँदैन ।
हार्ट युकेका अनुसार अण्डामा करिब ४.६ ग्राम अर्थात एक चम्चा फ्याट हुन्छ , जसमध्यको एक चौथाइ भाग मात्र स्याचुरेटेड हुन्छ । जसले गर्दा अण्डाकै कारण शरीरको कोलेस्ट्रोलको स्तरमा भने खासै फरक पर्दैन ।
साल्मोनिया व्याक्टेरिया
वि्रटेनकी पूर्व स्वास्थ्य मन्त्री एडविना कुरीले डिसेम्बर १९९८८ मा भनेकी थिइन्, वि्रटेनमा उत्पादन हुने धेरैजसो अण्डामा साल्मोनिया व्याक्टेरिया हुने गर्छ । यो व्याक्टेरिया स्वास्थ्यका लागि घातक मानिन्छ । त्यही कारण उनको कुराले वि्रटेनमा हलचल मच्चिएको थियो । यसकै कारण एडविनाले राजीनामा दिनु परेको थियो ।
अण्डालाई कसरी पकाउने ?
जहाँसम्म अण्डालाई पकाउने कुरा छ, अण्डालाई साधारण तरिकाले पकाएर वा उमालेर खानु पर्दछ । धेरैजसो पोषणविद्हरू अण्डालाई फ्राई गरेर नखान सल्लाह दिन्छन् । अण्डालाई फ्राई गर्दा फ्याट तथा कोलेस्ट्रोलको मात्रा बढ्छ ।
विशेषगरी मायोनिज तथा हआइसक्रिममा हालेर काँचो तथा हल्का तरिकाले पकाइएको अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कसैलाई फुड प्वाइजनिङको डर छ भने त्यस्ता व्यक्तिले अण्डालाई राम्ररी पकाएर पनि खान सक्छन् ।
अण्डालाई कसरी स्टोर गर्ने ?
अण्डा किन्दा कहिल्यै पनि फुटेको अण्डा किन्नु हुँदैन । यसमा माटो वा व्याक्टेेरिया छिर्ने खतरा हुन्छ । त्यसैले, अण्डालाई फ्रिजमा छोपेर राख्न विज्ञहरू सल्लाह दिने गर्छन् ।
अण्डाको सेतो भागलाई बट्टामा बन्द गरेर तीन हप्तासम्म फ्रिजमा राख्न सकिन्छ । अण्डाको भित्री पहेँलो भागलाई भने तीन दिनसम्म मात्र सुरक्षित राख्न सकिन्छ ।
अण्डा ताजा छ कि छैन भन्ने कुरा विभिन्न तरिकाले पत्ता लगायत सकिन्छ । एउटा भाँडोमा चिसो पानी लिएर त्यसमा अण्डालाई हाल्दा पनि यो कुरा पत्ता लाग्छ । अण्डालाई चिसो पानीमा हाल्दा अण्डा डुबेमा त्यो ताजा हो भने नडुबेमा बासी हो ।
सामान्यतः एउटा कुखुराले अण्डा पारेको २८ दिनसम्म उक्त अण्डा खानयोग्य रहन्छ ।
अण्डाको एलर्जी ?
कतिपय व्यक्तिहरूलाई अण्डाको एलर्जी हुनसक्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई यो समस्या धेरै हुने गर्छ ।
अण्डाको एलर्जी भएमा यी लक्षण देखा पर्ने गर्छ ।
-मुख वरिपरिको भाग रातो हुने, सुन्निने
-पेट दुख्ने
-वान्ता आउने
-दिसा लाग्ने
कमैलाई मात्र यो समस्याका कारण ज्यान जाने खतरा बढी हुन्छ तर पनि एलर्जी भएमा चिकित्सकसित परामर्श लिनु जरुरी हुन्छ ।
डा. फिलिप्स भन्छन्, ‘यस किसिमको कुनै एलर्जी छैन, उनीहरूले अण्डालाई कुनै पनि तरिकाले पकाएर खान सक्छन् तर अण्डालाई कसरी पकाइन्छ भन्ने कुरामा भने विशेष ध्यान दिन जरुरी छ ।’ -बीबीसीबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपके एआईले मधुमेहदेखि मानसिक रोगसम्म पत्ता लगाउन सक्छ ?
असोज ११, २०८१ शुक्रबार
यो बिर्सने रोगले तपाईको ज्यान लिन सक्छ !
असोज ३, २०८१ बिहिबार
यी चीजहरूले छालालाई जवान राख्छ, आफ्नो दैनिक आहारमा समावेश गर्नुहोस्
असोज २, २०८१ बुधबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार