चार महिनापछि खुले होटल, खुलेनन् घरवास

नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १५:४७:०

१६ साउन, इलाम । करिव चार महिनापछि सूर्योदय नगरपालिकास्थित श्रीअन्तुका होटल र कटेज खुल्न थालेका छन् । पछिल्लो समय पर्यटकको आकर्षण बनेको घरवास ‘होमस्टे’ भने यो महिनाभर नखुल्ने भएका हुन् ।
कोरोनाको त्रास रहे पनि व्यवसाय संकटमा परेपछि सामान्यीकरणका लागि होटल र कटेज खुल्न थालेका हुन् । कोरोना जोखिम हुन नदिन आवश्यक शर्तहरू पूरा गर्नुपर्ने नियम राखिएको छ । श्रीअन्तु होमस्टे व्यवसायी सङ्घका सचिव रुद्र घिमिरेले भने, “हामीले केन्द्रको निर्देशन मान्दै होटल खोलेका हौँ, तर एक होटल-कटेजमा एक दिनमा एक जना मात्र पाहुना राख्नुपर्ने शर्त छ ।” यसका स्थानीय व्यक्तिलाई मात्र बस्ने दिने नियम बनाइएको छ । शङ्कास्पद र टाढाको व्यक्ति राख्न नमिल्ने नियम बनाइएको उनले बताए ।
व्यवसाय नै ठप्प भएर आर्थिक स्थिति नाजुक बनेपछि खोल्नुपर्ने बाध्यता आइलागेको उनको भनाइ छ । तर होटल र कटेजमा पाहुनालाई स्यानिटाइजर दिने, ज्वरो मापन गर्नुपर्ने नियम राखिएको छ । उनले भने “हामीले होटल-कटेज खोल्यौ भन्ने सन्देश मात्र दिएका हौँ ।” होटल र कटेज खुले पनि अन्तुका होमस्टे भने साउनभर नखुल्ने भएका छन् । होमस्टे एशोसिएसन नेपालले खुनाउन अनुरोध गरे पनि कोरोनाको जोखिमले होमस्टे नखुलेका हुन् ।
होमस्टे खुल्नेबित्तिकै ठूलो सङ्ख्यामा पर्यटक आउन सक्ने भएकाले होमस्टे १५ दिनपछि मात्र खुल्ने जनाइएको छ । श्रीअन्तुडाँडा सामुदायिक होमस्टे अन्तुका अध्यक्ष धनबहादुर आलेका अनुसार आगामी भदौ १ गतेबाट मात्र होमस्टे खुलाउने निर्णय भएको छ ।
सूर्योदय नगरपालिकास्थित अन्तु, समालबुङ क्षेत्रमा ७६ होमस्टे र ३३ भन्दा बढी होटल-कटेज छन् । अन्तुडाडाँडा सामुदायिक होमस्टेमा ६३ र अन्तुपोखरी सामुदायिक होमस्टेमा १३ होमस्टे आबद्ध छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार