कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई पक्राउ
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १६:४५:५५
१६ साउन गोदावरी । कैलालीमा सवारी पास दुरुपयोग गर्ने दुई बस चालकलाई बिहीबार साँझ नियन्त्रणमा लिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त टोलीले गोदावरी नगरपालिका–४ बाट दुई चालकसहित बसलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले अछामको चौरपाटी गाउँपालिका–५ बस्ने गोकुल खड्कासहित ना४ख ९९७२ नंको बस नियन्त्रणमा लिएको जनाएको छ । सवारी पास जाँच गर्दा १३ यात्रु लैजाने अनुमति भएको र उक्त बसले २२ यात्रु बोकेको फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–१० बस्ने भरतसिंह धनाडीलाई महेन्द्रनगरबाट बैतडीतर्फ गइरहेको ना७ख २७२३ नंको बससहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सवारी पासमा १८ यात्रु लैजाने अनुमति दिइएकामा ३२ यात्रु राखेको पाइएकाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बससहित चालकलाई सङ्क्रामण रोग ऐन २०२० बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार