मन्त्रिपरिषद निर्णयको धज्जी उडाउदै सरकारले खोल्यो अस्थायी दरबन्दी
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १६:३९:५१
१६ साउन, काठमाडौं । सरकारले आफ्नै मन्त्रिपरिषदको निर्णयको धज्जी उडाएर अस्थायी दरबन्दी सिर्जना गरेको छ । कोरोना महामारीमा राष्ट्रको ढुकुटी पर्याप्त नभएको भन्दै मन्त्रिपरिषद बैठकले नयाँ कर्मचारी भर्ना नलिने, नियुक्त नगर्ने र सोहीअनुसार बजेटमा समेत व्यवस्था भएका बेला आफ्नै निर्णय उल्टाएर १६ सयभन्दा धेरै अस्थायी दरबन्दी सिर्जना गरेको पाइएको छ ।
१२ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २८३ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत २३९ र कानुन, न्याय तथा संसदीय मामिलाअन्तर्गत ४४ वटा दरबन्दी स्वीकृत गरिएको हो ।
त्यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले एकै दिन एक हजार ६८१ अस्थायी दरबन्दी सिर्जना गरेको थियो । त्यसदिन सबैभन्दा बढी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत ७१५ अस्थायी दरबन्दी स्वीकृत गरियो ।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत ३७७, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत ३६७ र खानेपानी मन्त्रालयअन्तर्गत २२३ अस्थायी दरबन्दी सिर्जना भएको छ ।
सरकारले नयाँ दरबन्दी सिर्जना गरेर बजेटमा गरिएको व्यवस्थालाई समेत धज्जी उडाएको छ । अर्थमन्त्री डा। खतिवडाद्वारा १५ जेठमा संसदमा प्रस्तुत बजेटमा ‘अत्यावश्यक सेवाबाहेकका सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का राख्ने व्यवस्था गरेको छु’ भनिएको छ ।
तर, सरकारले खर्च घटाउने होइन, बढाउने काममा जोड दिएको देखिन्छ । बजेट आएको दुई हप्तापछि २८ जेठमा सरकारले डा. नेत्रप्रसाद तिम्सिना मोरङको नेतृत्व गठित राष्ट्रिय वन क्षेत्रमा अनुचित रुपमा साल लगायतका विभिन्न रुख कटान, मुछान, संकलन र ओसार–पसार गरी वन विनास भएको सन्दर्भमा छानविन गर्न समिति गठन गर्यो ।
यो समितिका अध्यक्षलाई भत्ता मात्रै मासिक ७० हजार र सदस्यहरूलाई मासिक ६० हजार रुपैयाँ दिने निर्णय गर्यो । त्यसबाहेक चालक सुविधा ३० हजार, टेलिफोन ५ हजार र राजपत्राकित विशिष्ट श्रेणीको कर्मचारी सरह दैनिक भ्रमण भत्ता लगायतका सुविधा दिइने मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार