फरार अभियुक्त ९ वर्षपछि पक्राउ
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १७:१८:३७
१६ साउन, गोदावरी । प्रहरीले जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक अभियुक्तलाई नौ वर्षपछि पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका भजनी नगरपालिका–९ का ३४ वर्षीय बिस्ने चौधरीलाई नौ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
कैलाली जिल्ला अदालतको विसं २०७१ वैशाख १७ गतेको आदेशले चौधरीलाई छ वर्ष कैदको सजाय तोकेको थियो । उनलाई साउन १२ गते पक्राउ गरी १४ गते पुपक्र्षका लागि कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।
भजनी नगरपालिकामा बाढीमा बगेर बेपत्ता भएका तीनमध्ये एक जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अविरल वर्षापछि बेपत्ता भएका भजनी नगरपालिका–८ जनकपुर गाउँका नौ वर्षीय इजीकेल चौधरीको शव मृतावस्थामा फेला परेको हो ।
बाढीमा बगेर भजनी नगरपालिका–८ बस्ने ३३ वर्षीय चक्रबहादुर विक, काँडाढिकगाउँका ४० वर्षीय ईश्वर शाहको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ । उपरीक्षक अुनपशम्सेर जबराले बाढीमा बगेर बेपत्ताको खोजी भइरहेको बताए । बुधबार बेपत्ता भएका टङ्क शाही, हेमन्त शाही, विकी शाह, बलबहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भएको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार