इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा भीषण पहिरो, मानव बस्तीसमेत जोखिममा
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १८:५४:४८
१६ साउन, सिन्धुपाल्चोक । नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेको थियो ।
पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्षति पु¥याएको छ । पहिरोले तिपेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जोखिममा परेको छ । निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो खस्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसको आवतजावतसमेत बन्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अलपत्र परेका छन् । पहिरोका कारण अलपत्र मानिसको उद्धार तथा अवरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए।
बाढी पहिरो पीडिलाई सात लाख राहत सहयोग
सिन्धुपाल्चोक जिल्लाका विभिन्न क्षेत्रमा आएको बाढी पहिरोले क्षति पु¥याएका पीडित परिवारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले सहयोग गरेको छ ।बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर राणाको तर्फबाट जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोशी तथा जुगल गाउँपालिकाका पीडित र विस्थापित परिवारलाई रु छ लाख ७५ हजार बराबरको राहत सहयोग उपलब्ध गराइएको हो ।
राप्रपाले पीडितलाई राहतस्वरूप रकम, खाद्यान्न र लत्ताकपडा वितरण गरेको हो । राहत वितरण कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बाबुराम खड्का, केन्द्रीय सदस्य यसमिन ढुङ्गाना, महिला सङ्गठनका महासचिव कुमारी तामाङ र जिल्ला अध्यक्ष गोपाल श्रेष्ठलगायतकोे उपस्थिति थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
खानेपानी वितरण सुनिश्चित गर्न निर्देशन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार