युरिक एसिड भएकाले के खाने, के नखाने ?
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १९:२४:४३
जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यत: खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने समस्या हुन्छ ।
राति सुत्ने वेलामा सामान्य अवस्थामा रहेको मानिसको पनि बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । जुनसुकै उमेर समूहका मानिसलाई पनि यस्तो समस्या हुन सक्छ । युरिक एसिडका बिरामीले खानामा विशेष ख्याल पु¥याउनुपर्छ ।
के खान हुन्छ ?
- रगतमा युरिक एसिडको मात्रा निर्जलताको कारणले पनि बढ्ने गर्छ । बढेको युरिक एसिडलाई पिसाबद्वारा बाहिर निकाल्न रोगीले दैनिक चार पाँच लिटर पानी पिउँनु आवश्यक छ । पानी पिउँदा एकैचोटीमा धेरै नपिएर थोरै थोरै गरेर पिउँनु पर्छ ।
- प्रतिदिन चेरी खानाले यो रोगमा निकै लाभ पु¥याउँछ । चेरीमा एन्थोसाइन भन्ने तत्व हुुन्छ । यसले युरिक एसिडलाई न्युट्रलाइज गर्नुका साथै एसिडको क्रिष्टल बन्न नदिएर गौट वाथ हुुन बाट बचाउँछ ।
- दैनिक एउटा स्याउको सेवन यो रोगका लागि उत्तम मानिन्छ । स्याउमा म्यालिक एसिड भन्ने तत्व पाइन्छ । जसले युरिक एसिडलाई न्युट्रलाइज गर्नुका साथै वाथ प्रकोपका दौरान हुने प्रदाहलाई पनि कम गर्छ ।
- अमिला फलफूलमा सिट्रक एसिड पाइन्छ । जसले युरिक एसिडलाई निश्तेज गर्न सहयोग गर्छ ।
- रेशा र चोकर युक्त, खस्रा मोटा र सग्ला खाद्यन्नकाे प्रयोगले रगतमा युरिक एसिडको मात्रा कम गर्न मद्दत गर्छ । हरिया सागसब्जी, खस्रामोटा अन्न र फलफूलमा भएका रेशाले युरिक एसिड अवशोषण गर्न र यसलाई पिसापबाट बाहिर निकाल्न सहयोग गर्छ
- ज्वानोको झोलको सेवनले पनि यूरिक एसिड कम गर्न मद्दत पु¥याउँछ ।
- केरा, ब्रोकाउली , काँक्रो गाजर जस्ता फलफूूल तथा तरकारीहरूमा प्रशस्त एण्टिअक्सिडेण्ट र भिटामिनहरू पाइन्छ । यी फलफूलहरूमा पाइने भिटामिन “ए”, “सी”, “ई” र “बी कम्प्लेक्स” हरूले युरिक एसिडबाट हुने बाथ कम गर्न मद्दत गर्छ ।
- आलस ओमेगा ३ को श्रोत हो । यसले युरिक एसिड बढेर हुने पीडालाइ कम गर्छ ।
- ग्रीन टी मा एन्टीअक्सिडेण्टको प्रचुरमात्रामा भएकोले युरिक एसिडमा राम्रो मानिन्छ ।
युरिक एसिड भएकाले के नखाने ?
- रातो मासु, फल मासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्की को मासु मुुटु,कलेजो मिर्गौला र गिदी जस्ता मासु खान हुँदैन । रातो मासु र भित्री मासुमा प्यूरिन न्यूक्लिक अम्लको मात्रा ज्यादा हुनेभएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्न थाल्छ ।
- समुद्री खाद्यान्न विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , ट्यूना, एन्कोभिज प्रजातीका माछाहरुमा प्युरिन न्यूक्लिक अम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दा राम्रो मानिँदैन ।
- युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन खानु हुँदैन ।
- कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउँछ ।
- दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्यूरिन न्यूक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरीरमा प्रशस्त यूरिक एसिड बन्छ ।
- कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुंगो , च्याउ र गोलभेंडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्यूरिन पाइन्छ ।
- जंकफूड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफूडमा हालिएको प्रीजरभेटीभ ले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन सहयाेग गर्छ ।
- अचार, तामा , गुन्द्रुक,सिन्की लगायतका खाँदेका खानेकुरा पनि खानु हुँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
के तपाई घाँटीको संक्रमणबाट हैरान हुनुहुन्छ ?
मंसिर ५, २०८१ बुधबार
जाडोमा कपाल फुट्न थालेको छ भने यो चिजले मसाज गर्नुहोस, कुनै हानि हुँदैन
कात्तिक २८, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
लिथुआनियामा विमान दुर्घटना हुँदा एक जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
चीन भ्रमणबारे छलफलपछि ओलीले बोलाए मन्त्रिपरिषद्
मंसिर १०, २०८१ सोमबार
सन् २०२३ को अक्टोबर देखि एघार हजार भन्दा बढी प्यालेस्टिनी हिरासतमा
मंसिर १०, २०८१ सोमबार
बीआरआइबारे देउवाले भने, प्रधानमन्त्रीले चीनसँग अनुदानको कुरा गर्नुहुन्छ, ऋण होइन
मंसिर १०, २०८१ सोमबार
लोप हुन थालेको ‘बुट्टेनली’ संरक्षणको प्रयास
मंसिर १०, २०८१ सोमबार
महानगर-एमाले द्वन्द्वः प्रधानमन्त्रीबाट कानुनको उपहास ?
मंसिर १०, २०८१ सोमबार