जिल्ला समन्वय समितिको ३६ रोपनी जग्गा अतिक्रमित
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १९:२५:३०
१६ साउन, तनहुँ । जिल्ला समन्वय समितिका नाउँमा रहेका विभिन्न क्षेत्रका गरी करिब ३६ रोपनी जग्गा अतिक्रमणमा परेको छ । व्यास नगरपालिका–३ बीसघरे, देउराली नगरस्थित सबै जग्गा अतिक्रमणको चपेटामा परेको जिल्ला समन्वय समितिले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति हुँदा समितिको स्वामित्वमा रहेको उक्त जग्गा वषौँअघिदेखि अतिक्रमण गरी पक्की घरसमेत निर्माण भइसकेका छन् ।
सदरमुकाम दमौलीमा रहेको उक्त जग्गाको मूल्य उच्च भए पनि अतिक्रमणबाट बचाउन नसकिएको जिसस प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए । साविक फराकचौर ९ ‘ट’ को कित्ता नम्बर ३४ मा पर्ने १५ रोपनी तीन आना दुई पैसा तीन दामको र कित्ता नम्बर ३५ को १४ रोपनी छ आना एक दाम क्षेत्रफल रहेको जग्गा वर्षौंअघिदेखि अतिक्रमणमा परेको छ ।
त्यसैगरी कित्ता नम्बर २८ को आठ आना जग्गा बह्माकुमार राजयोग संस्था र फराकचौर ९ ‘ग’ कित्ता नम्बर १५९६ मा पर्ने चार रोपनी १४ आना तीन पैसा तीन दाम क्षेत्रफलको तनहुँ उद्योग वाणिज्य सङ्घलाई भोगचलनका लागि दिइएको समितिले जनाएको छ । विसं २०२५ मा सदरमुकाम बन्दीपुरबाट दमौलीमा सारिएदेखि नै जिससको जग्गा बढी अतिक्रमणमा पर्न थालेको जिल्ला समन्वय समितिका प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिएका छन् ।
हाल १८४ व्यक्तिले अनधिकृत रुपमा जग्गा भोगचलन गर्दै आएका छन् । समितिले अन्य ठाउँका केही जग्गा अतिक्रमणमा परेको र अधिकांश भाडामा लगाएको जनाएको छ । अन्य ठाउँमा अतिक्रमणमा परेको जग्गाको पनि तथ्याङ्क निकाल्ने कार्यको शुरुआत गर्न लागिएको समितिकी उपप्रमुख पवित्रा पौडेलले जानकारी दिए। व्यासका वडा नं २ र ३ अन्तर्गत समितिको जग्गामा बनाइएका ९५ सटरबाट भने वार्षिकरुपमा झण्डै रु एक करोड आम्दानी हुँदै आएको छ । उक्त सटरबाट गत वर्ष रु ९९ लाख १८ हजार आम्दानी भएको र यो वर्ष भाडाबापत रु ८६ लाख आम्दानी भएको उपप्रमुख पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार
शर्मा भारत र तिम्सिना मलेसियाको राजदूतमा नियुक्त
पुष ३, २०८१ बुधबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार