तनहुँ को बन्दीपुरमा पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउदै होटल

नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार १९:४६:२५

१६ साउन, तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा होटल सञ्चालन गरेका व्यवसायीले पर्यटक आकर्षित गर्न छुट प्याकेज ल्याउने तयारी गरेका छन् । कोभिड–१९ को जोखिमका कारण चार महिनादेखि बन्द रहेका यहाँका होटल सञ्चालन गर्ने तयारी गरिएसँगै व्यवसायीले पर्यटक आकर्षण गर्ने प्याकेज ल्याउने तयारी गरेका हुन् ।
बन्दाबन्दीले पर्यटकीय गतिविधि ठप्प भएको बन्दीपुरमा आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष कार्यक्रम ल्याइने क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष बिपीन प्रधानले जानकारी दिएका छन् । “हवाइ उडान खुला नभइसकेको र कोभिड–१९ को जोखिम कायमै रहेको अवस्थामा तत्काल विदेशी पर्यटक आउने सम्भावना छैन, हामीले आन्तरिक पर्यटकलाई लक्षित गरी केही प्याकेज ल्याउने तयारी गरेका छौँ”, प्रधानले भने ।
प्रधानका अनुसार आन्तरिक पर्यटकलाई सरल, सुलभ र सहज तरिकाले सेवा दिनका लागि छुट प्याकेजका कार्यक्रम ल्याउन होटल व्यवसायीसँग छलफल भइरहेको जानकारी दिएका छन् । “कोरोना कहरले थला परेको बन्दीपुरको पर्यटनलाई गतिशील बनाउन पनि आन्तरिक पर्यटक आकर्षित गर्नुको विकल्प छैन”, उनले भने, “त्यसका लागि सबै होटल व्यवसायीसँग छलफल भइरहेको छ, छुटसहितको प्याकेजसहित होटल सञ्चालनको तयारीमा छौँ ।”
सरकारले बिहीबारदेखि होटल सञ्चालनको अनुमति दिए पनि बन्दीपुरमा सबै होटल सञ्चालनमा नआइसकेको प्रधानले बताएका छन् । “कोरोनाको जोखिम कायमै रहेकाले इच्छुक व्यवसायीलाई स्वास्थ्यको मापदण्ड पूरा गरेर होटल सञ्चालन गर्न अनुरोध गरेका छौँ”, उनले भने, “केही होटल सञ्चालनमा आएका छन् ।” होटल सञ्चालन गर्दा सबै होटलले अनिवार्यरुपमा कोभिड–१९ सम्बन्धी आवश्यक जानकारी सूचना टाँस गर्ने, सम्पूर्ण पर्यटकको ज्वरो जाँच, हातधुने र स्यानेटाइजरको व्यवस्था गर्न अनुरोध गरिएको प्रधानले जानकारी दिए ।
प्रधानले होटलमा रहेका कूल कोठाको ५०० प्रतिशत कोठा प्रयोग गरेर पर्यटक राख्न अनुरोध गरिएको जानकारी दिएका छन् । “सबै कोठामा एकैपटक पर्यटक नराखी क्षमताको आधामा राख्ने र अर्को दिन बाँकी रहेका कोठामा पर्यटक राखेर सावधानी अपनाउन भनेका छौँ”, प्रधानले भने । होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले चार महिनादेखि बन्द रहेका होटल सरसफाइ गरेर सञ्चालनको तयारी थालिएको जानकारी दिएका छन् । “स्वास्थ्यको मापदण्ड पूरा गर्नका लागि स्वास्थ्य सामग्री व्यवस्थापन, होटल सरसफाइमा जुटेका छौँ”, गुरुङले भने ।
गुरुङले पनि पर्यटकलाई लक्षित गरी छुट प्याकेजको कार्यक्रम ल्याउनैपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । “होटल सङ्घसँग यो विषयमा छलफल गरेका छौँ, सबै व्यवसायी सकारात्मक छन्”, गुरुङले भने । सरकारले बन्दाबन्दी अन्त्य भएको घोषणा गरिसकेकाले विस्तारै अब आन्तरिक पर्यटकको बन्दीपुरमा चहलपहल बढ्ने उनले बताएका छन् । “बन्दाबन्दी अन्त्य भए पनि कोरोनाको जोखिम अन्त्य भएको छैन, सबै सुरक्षा सावधानी अपनाएर होटल सञ्चालन गर्छौं”, उनले भने ।
बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरिलगायतका हिमशृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, बिन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएक सातापछि मन्त्रालय फर्किए अर्थमन्त्री पौडेल
फागुन ११, २०८१ आइतबार
एघार खर्ब १५ अर्बको वैदेशिक व्यापारमा आठ खर्ब ६१ अर्ब घाटा
फागुन १०, २०८१ शनिबार
कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने
माघ २४, २०८१ बिहिबार
डीआईजी भट्टराई एआईजीमा बढुवाका लागि सिफारिस
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
मोटरसाइकल ठोक्किएर त्रिशुलीमा खसेका रानाको शव नौ दिनपछि भेटियो
नेपालबहस संवाददाता
फागुन ११, २०८१ आइतबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार
तरकारी ढुवानीमा महाशिला गाउँपालिकाको अनुदान, ४ महिनामै ८५ लाखको कारोबार
फागुन १२, २०८१ सोमबार
काठमाडौं महानगरमा केही दिनमै प्रशासकीय अधिकृत पठाउँछु : मन्त्री गुप्ता
फागुन १२, २०८१ सोमबार
कटारी मेयर गोल्डकपः काठमाडौंसँग भुटान पराजित
फागुन १२, २०८१ सोमबार
प्रहरी कुट्ने अनेरास्ववियुका पाँचै जना विद्यार्थी नेता धरौटीमा रिहा
फागुन १२, २०८१ सोमबार