राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेसँगै चहलपहल शुरु
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार २०:८:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/sauraha-hotel_llAeM8onrW.jpg)
१६ साउन, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ । होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक देखिन थालेका छन् । जङ्गल वाइल्डलाइफ क्याम्पका सञ्चालक नारायण भट्टरार्ईले होटल खुलेकै दिन दुई विदेशी पर्यटक आएको बताए । होटलको सरसफाइ, मर्मत सम्भारसँगै उच्च सावधानीका साथ पाहुनाको स्वागतमा व्यवसायी जुटेको क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष रहेका भट्टरार्ईले जानकारी दिए ।
जङ्गल सफारी लजमा पनि आज तीन वटा कोठा बुकिङ भएको सञ्चालक सुमन घिमिरेले बताए । सङ्घका निवर्तमान अध्यक्ष घिमिरेले होटल खुलेसँगै बिहीबारबाट चहलपहल बढेको बताए । स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न मानिस आएको उनले जानकारी दिए । सौराहामा ११० होटल सञ्चालनमा छन् ।
घिमिरेले भने, “यो सिजन नभए पनि लामो समयपछि होटल खुल्दा व्यवसायी आशावादी भएका छन् ।” होटललाई पूर्ववत् अवस्थामा फर्काउन सस्तो र आकर्षक प्याकेज बनाउन साझारूपमा र एकल व्यवसायी जुटिरहेको उनले जानकारी दिए । सङ्घका अध्यक्ष दीपक भट्टरार्ईले स्थानीय कर्मचारीलाई बोलाएर होटल सञ्चालन गरिएको बताएका छन् । पच्चीस प्रतिशत हाराहारी कर्मचारीले होटल शुरु गरेको उनले जानकारी दिएका छन् ।
क्रमशः पर्यटक बढ्दै गएपछि कर्मचारी थप गर्दै लैजाने तयारी गरिएको छ । सौराहामा होटलमा प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । लकडाउनसँगै अधिकांश कामदारलाई होटलले छुट्टी दिएका थिए । होटल तथा रेष्टुरेण्ट खुलेसँगै व्यवसायीले आफ्ना कामदारलाई बोलाएर नियमित काममा लगाउन थालेका हुन् । सरकारले यही साउन १५ गतेदेखि देशभरका होटल तथा रेष्टुरेण्ट विशेष सावधानी अपनाएर खोल्ने निर्णय गरेसँगै सौराहाका होटल खुलेका हुन् । होटलले कोभिड–१९ बाट बच्न आवश्यक सूचना टाँस गर्ने, पर्यटकको ज्वरो जाँच, हात धुने र स्यानिटाइजरको व्यवस्था गरेको भट्टराईले जानकारी दिए ।
दशैँ र दशैँपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी अहिलेबाट तयारी थालिएको छ । हवाई र सडक यातायातमा लागेको प्रतिबन्ध तथा एक जिल्लाबाट अर्को जिल्ला जान पास चाहिने विद्यमान अवस्थाका कारण तत्कालै पर्यटक बढ्ने आशा व्यवसायीले गरेका छैनन् । गत वर्ष पनि यो पर्यटकीय मौसम नभएकाले न्यून पर्यटक मात्र आउने गर्दथे । उनका अनुसार विगतका वर्षमा यति बेला ३० प्रतिशत हाराहारी मात्र पर्यटक हुने गर्दथे ।
होटलसँगै रेष्टुरेण्ट पनि खुलेका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन ९रेवान० का पूर्वअध्यक्ष गोकर्ण गिरीका अनुसार रेष्टुरेण्टमा ग्राहकहरु आउन थालेका छन् । सौराहामा १०० हाराहारी रेष्टुरेण्ट छन् । तीमध्ये ५६ वटा रेवानका सदस्य छन् । आधाभन्दा बढी रेष्टुरेण्ट खुलेको उहाँले जानकारी दिएका छन् । थोरै कर्मचारीबाट काम थालिएको उनको भनाइ छ । गिरीले भने, “हामीलाई आशा जगाएको छ ।”
होटल खुल्यो निकुञ्ज खुलेन
सौराहाका होटल सञ्चालनमा आए पनि त्यहाँ आएका पर्यटकहरु घुम्नका लागि जाने चितवन राष्ट्रिय निकुञ्ज भने खुलेको छैन । लकडाउनसँगै निकुञ्जका सबै गतिविधि बन्द गरिएको थियो । बर्सातको समयमा निकुञ्जभित्र जिप सफारी रोकिने भए पनि अन्य गतिविधि रोकिँदैन ।
सौराहा आउने पर्यटक हात्ती चढेर स्थानीय सामुदायिक वनमा रमाउने, राप्ती नदीमा डुङ्गा चढ्ने, जङ्गलमा पैदल यात्रा गर्ने गर्दछन् । सबै गतिविधिका लागि विदेशी पर्यटकले निकुञ्जको प्रवेश टिकट लिनुपर्ने हुन्छ । यसका लागि निकुञ्जले औपचारिकरूपमा अनुमति दिनुपर्दछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक रामचन्द्र कँडेलले कोरोनाको सङ्क्रमण जारी नै रहेकाले अध्ययन र छलफल गरेर मात्र निकुञ्जले अनुमति दिने बताए । उनले भने, “रोगको सङ्क्रमणको डर वन्यजन्तुलाई पनि हुन सक्छ ।”
सौराहा आउने पर्यटकलाई हात्ती चढाएर स्थानीय कुमरोज, बाघमारा, चित्रसेन र खोरसोर मध्यवर्ती सामुदायिक वनमा घुमाउन लगिन्छ । सामुदायिक वनमा घुमे पनि आन्तरिक पर्यटकले प्रति व्यक्ति रु १००, भारतीयले रु एक हजार ६०० र अन्य देशकाले रु दुई हजार निकुञ्जलाई तिर्नुपर्ने हुन्छ । वन र वन्यजन्तुसँग रमाउनका लागि पर्यटक सौराहा आउने गर्दछन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार