महानायक हमालको प्रतुतिमा ‘जातको प्रश्न’ कान्तिपुर टिभीमा
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार २०:२६:४५
१६ साउन, काठमाडौं । जातको आधारमा हुने विभेद माथि बहस गर्ने कार्यक्रम ‘जातको प्रश्न’ कान्तिपुर टेलिभिजनबाट प्रशारणमा आउने भएको छ । महानायक राजेश हमालले प्रस्तुत गर्ने ‘जातको प्रश्न’ १२ एपिसोडको हुने राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएकाे हाे ।
‘समता फाउण्डेसन’ले सुरु गर्न लागेको ‘टक सो’ मा हमालले विभिन्न क्षेत्रका मानिसलाई प्रश्न गर्नेछन् । साउन १७ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रत्येक शनिबार साँझ ६:३० बजे कार्यक्रम आउनेछ । ६ वटा एपिसोडपछि विभेद सहेकासँग भेटेर नै कार्यक्रम सञ्चालन गरिने कार्यक्रमकी निर्देशक शान्ता नेपालीले बताइन् ।
पहिलोपटक यस्तो कार्यक्रममार्फत् प्रश्न गर्ने जिम्मेवारी पाएको भन्दै हमालले आफूलाई जातको आधारमा गरिने भेदभावमा चित्त नबुझ्ने गरेको बताए । ‘हाम्रो सँस्कृतिमा, रहनसहन, समाज, परम्परामा विभिन्न किसिमले गासिँदै आएका विभिन्न किसिमका प्रथा, कुप्रथाहरु मध्य सबैभन्दा चित्त नबुझेको चाहिँ जातको आधारमा एउटा मानिसले अर्को मानिसप्रति गर्ने भेदभाव, भेदभावमात्रै नभएर क्रुर अमानवीय व्यवहार हो,’ उनले भने, ‘यो अमानवीय व्यवहार हामी संसारभर नै देख्छौं । त्यसैले एकदमै जादुको छडी चलाएर छुमन्तर गरेर जरादेखि नै उखेल्न सकिन्छ भन्ने प्रश्नचिन्ह पनि छ, अन्यौलता पनि छ । तर, त्यो हुँदाहुँदा पनि यो मुद्दामा बहस गरिरहने, दर्शकमा भेदभाव, अन्यायका कुरा उजागर गर्ने कार्य हुनैपर्छ । यो कार्यक्रमको मुख्य उद्देश्य हो ।’
‘समता फाउण्डेसन’का कार्यकारी अध्यक्ष प्रदीप परियारले जातको आधारमा भर्खरै रुकुममा ६ जना युवाको ज्यान लिनेगरी भएको जातीय विभेदको घटनाले यस विषयमाथि थप बहस आवश्यक लागेपछि आफूहरुले ‘जातको प्रश्न’सुरु गरेको बताए । ‘नेपालमा जातको आधारमा हुने विभेद छ भनेर हामी सबैलाई थाहा छ । तर, थाहा हुँदाहुँदै पनि यो विषयमा आवाज उठाउनुपर्छ भन्ने कुरा कमै मानिसले सोच्छन् । परिवर्तनका लागि केही गर्नुपर्छ भनेर यो कार्यक्रम सुरु भएको हो,’ परियारले पत्रकार सम्मेलनमा भने, ‘रुकुमको घटमा जुन बर्बरता भयो, जातको जाँतोले मानिसहरु मरिरहेका छन् भनेर स्पष्ट देखायो । त्यसपछाडि यसमा थप बहस र प्रश्नहरु उठाउनुपर्छ भन्ने हाम्रो टिमलाई लाग्यो ।’ त्यसैगरी विभिन्न ठाउमा भएका जातीय हिँसालाइ न्यूनीकरण गर्न पनि यस प्रकारका जनचेतना मुलक कार्यक्रम आबश्यक रहेको उक्त पत्रकार सम्मेलनमा जानकारी गराईयो।
यो विषयमाथि हरेक परिवारमा बहस अनि छलफल होस् भन्ने उदेश्यले कार्यक्रम सिर्जना गरेको उनी बताउँछन् । ‘धेरैलाई के लाग्छ भने यो दलितहरुको समस्या हो । उनीहरुले भोग्दै आएका छन् तर यो हामी सबैको समस्या हो । अझ यो गैरदलितको समस्या हो । किनभने यो उनीहरुले गरिरहेका छन् । त्यसैले यो बहस एक तहमा पुर्याउउनुपर्छ, जातको आधारमा हुने विभेद अन्त्य गर्नका लागि हामीले केही गर्नुपर्छ भनेर कार्यक्रम सुरुवात गर्यौ,’ उनले भने । नयाँ र पुराना पुस्तासम्म यो कार्यक्रम पुर्याउने राजेश हमाल उपयुक्त लागेका कारण उनलाई प्रस्तोतामा लिएको उनले बताए ।
कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले परिवारमा देखेको विभेद अबको पुस्तामा न्युनीकरण होस् भन्न यो पहलमा साथ दिएको बताए । २०५३ सालमा मेरो बुबाले मेरी शेर्पा आमासँग बिहे गर्नु भएको थियो । मेरो आमा शेर्पा भएको कारणले क्षेत्रीको चुलोमा गएर काम गर्न पाउनु भएन । वर्षौं पश्चात जातभात केही हुँदैन रहेछ भनेर हजुरआमाले आमालाई भान्सामा जान दिए । त्यसैगरी जातीय बिबेदमा अहिले सम्म भएका आन्दोलन कानुनमा मात्र सिमित रहेको हुँदा पनि यस्तो कार्यक्रम आबश्यक रहेको उनले बताए। समाजमा देखेका र भोगेका कुराहरु अबको पुस्ताले भोग्नु नपरोस्, न्युनीकरण हुँदै जाओस् भन्ने उदेश्यका लागि कान्तिपुर टेलिभिजनले यो पहल गरेको डिसीले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैनालीलाई मदन पुरस्कार, जगदम्बाश्री पुरस्कार यादवलाई
असोज १७, २०८१ बिहिबार
प्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार