सेवा दिन प्रशासनद्वारा समय निर्धारण
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार २२:५९:३९
१६ साउन, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका स्थानीय तहहरुलाई आगामी आइतबारदेखि लागू हुने गरी फरक/फरक समयमा सेवा दिने जनाएको छ । कोरोना भाइरस जोखिम न्यूनीकरण गरी भौतिक दूरीलाई समेत ख्याल गरी विभिन्न पालिकालाई समय निर्धारण गरी सेवा लिन आग्रह गरिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए । “सेवाग्राहीको चाप बढ्न थालेपछि स्थानीय तहअनुसार समय निर्धारण गरिका हौँ”, सहायक प्रजिअ उपाध्यायले भने, “सेवाग्राहीलाई पनि सोही अनुसार स्वास्थ्य सतर्कता अपनाउँदै कार्यालयमा आग्रह सूचना जारी गरेका छौँ ।”
प्रशासन कार्यालयले यहाँको भीमदत्त नगरपालिका, बेलौरी र पुनर्वास नगरपालिकाका बासिन्दालाई आइतबार र सोमबार सेवा दिने जनाएको छ । त्यसैगरी शुक्लाफाँटा, कृष्णपुर र लालझाडी गाउँपालिकाका बासिन्दालाई मङ्गलबार र बुधबार तथा महाकाली नगरपालिका, वेदकोट र बेल्डाँडी गाउँपालिकाका बासिन्दालाई बिहीबार र शुक्रबार सेवा प्रवाह गर्ने जनाएको छ।
प्रशासन कार्यालयले पश्चिमी नाका गड्डाचौकीबाट स्वदेश फर्किने नेपाली आउने क्रम जारी रहेको जनाएको छ । गड्डाचौकी नाकाबाट नेपालीलाई घर फर्किन र भारतीय नागरिकलाई यहाँबाट भारत जान अनुमति दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार