झापाको गौरादह क्षेत्रका पशुमा नयाँ रोगको सङ्क्रमण
नेपालबहस संवाददाता
साउन १६, २०७७ शुक्रबार २३:२२:६
१६ साउन, झापा । गौरादह आसपासका किसानले पालेका गाईवस्तुमा नयाँ रोगको सङ्क्रमण देखापरेको छ । दुई सातायता गौरादहसहित कमल गाँउपालिकाका किसानले पालेका गाई, बाच्छाबाच्छी र गोरुमा अनौठो किसिमको सङ्क्रमण देखा परेको छ । भैँसी र राँगामा यसको समस्या कम देखिएको छ । यो रोग लागेपछि गाईको शरीरमा फोका भएर घाउ हुने, शरीरमा डाबर आउने, गाईवस्तुलाई ज्वरो आउने, शरीरका विभिन्न ठाउँमा पानी जमेर सुन्निने जस्ता रोगका लक्षण देखापर्ने गरेको किसानले बताएका छन् । पशुमा एक्कासि नयाँ रोगको सङ्क्रमण देखिएपछि किसानहरु चिन्तित भएका छन् ।
गौरादह पशु सेवा शाखा प्रमुख सन्तोष भण्डारीका अनुसार पशुमा देखापर्ने लम्पी स्किन डिजिज भाइरसका कारण सङ्क्रमण देखिएको हुनसक्ने लक्षण छ । यदि त्यही सङ्क्रमण देखिए यसको कुनै ठोस उपचार तथा रोकथाम नभएको र यसको खोप नेपालमा हालसम्म उपलब्ध नभएकाले लक्षणअनुसार घाउको उपचार मात्र गर्न सकिने उहाँले जानकारी दिए ।
यस्तै गौरादह नगरपालिकाभित्रका पशु सेवा प्राविधिकले यही साउन ९ गतेसम्मको उपलब्ध गराएका तथ्याङ्कअनुसार गौरादहभित्रका ५०१ गाई, १८३ बाच्छी, ९४ बाच्छा, सात गोरु र चार भैंसीमा गरी ७८९ पशु तथा नगरसँग जोडिएको कमल गाउँपालिकाभित्र करिब १५० गाई, बाच्छाबाच्छीमा लम्पी स्कीन डिजिजसँग मिल्दो जुल्दोे समस्या देखापरेको पनि उनले जानकारी दिए ।
कार्यालयले पशुमा देखिएको नयाँ सङ्क्रमण थप फैलिन नदिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भद्रपुरमा पठाइसकेको र रिपोर्ट आउन बाँकी रहेको गौरादह पशु सेवाका प्राविधिक दिनेश ढकालले वताए । अफ्रिकी मुलुकका पशुमा यो रोगको समस्या देखिए पनि नेपालमा भने पहिलोपटक यो रोग देखापरेको हुन सक्ने पुश प्राविधिकले जिकिर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
पानीले बेर्ना कुहिएपछि डुडुवामा दोस्रो पटक आलु रोपियो
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भवतीलाई सहज
पुष ३, २०८१ बुधबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार