पीएसजीले जित्यो फ्रेन्च लिग कपको उपाधि
नेपालबहस संवाददाता
साउन १७, २०७७ शनिबार १४:४७:४२
१७ साउन, एजेन्सी । फ्रेन्च लिग कपको उपाधि पीएसजीले जितेको छ । शुक्रबार राति लियोनलाई पेनाल्टी सुटआउटमा हराउँदै पीएसजीले लिग कपको उपाधि उचालेको हो । अन्तिम पटक आयोजित लिग कपको फाईनल खेल गोल रहित बराबरीमा सकिएको थियो ।
सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए । पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए ।
करिब ५ हजार दर्शक फाईनल खेल हेर्न उपस्थित थिए । गत अप्रिलमा फ्रान्सको घरेलु फुटबल बन्द गरेपछि यो दोस्रो औपचारिक खेल थियो । गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जितेको थियो ।
खेलको अतिरिक्त समयमा लियोनले राम्रो खेल प्रर्दशन गरेको थियो । खेलको अन्तिम मिनेटमा लियोनका डिफेन्डर राफेल रातो कार्ड खादै मैदान बाहिरिएका थिए । उनले डिबक्सभित्र पीएसजीका विङ्गर एन्जल डी मारियलाई फल गरेका थिए ।
पीएसजीले यसअघिनै सुपर कप, फ्रेन्च कप र लिग वानको उपाधि उचालिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित
असोज ११, २०८१ शुक्रबार
विभिन्न खेलका प्रशिक्षकहरुसँग सदस्य सचिवको छलफल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार