मुख्यमन्त्री पौडेलद्वारा बकर इदको शुभकामना !
नेपालबहस संवाददाता
साउन १७, २०७७ शनिबार १८:२:०
१७ साउन, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बकर इदले समृद्धिको अभियानमा दृढतापूर्वक लागि पर्न सबैलाई प्रेरणा र मार्गदर्शन दिने विश्वास व्यक्त गरेका छन् । बकर इद (इद उल अजहा) का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले विविधताबीच पनि सहिष्णुता, सहअस्तित्व, आपसी सम्मान, भ्रातृत्वभाव एवं एकता सदियौँदेखि नेपाली पहिचानका रुपमा रहिआएको बताएका छन् । उनले नेपालको संविधानले समेत यस विविधतालाई स्वीकार गरेको उल्लेख गरेका छन् ।
“मुस्लिम समुदायको महान् पर्व बकर इद (इद उल अजहा) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति एवम् समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा उल्लेख छ।
सन्देशमा उनले भनेका छन्, “नेपाल विविधताले भरिपूर्ण देश हो, विविधताबीच पनि सहिष्णुता, सहअस्तित्व, आपसी सम्मान, भ्रातृत्वभाव एवं एकता सदियौँदेखि नेपाली पहिचानका रुपमा रहिआएको छ, नेपालको संविधानले समेत यस विविधतालाई स्वीकार गरेको छ, संविधानमार्पmत यस देशमा बसोबास गर्ने प्रत्येक नागरिकको धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिकलगायत अधिकार निर्बाध उपभोग गर्दै आत्मसम्मानयुक्त जीवनयापन गर्ने अधिकारलाई सुनिश्चित गरिएको छ, लामो राजनीतिक अस्थिरताको अन्त्य गर्दै देश समृद्धिको मार्गचित्रमा अगाडि बढेको छ, हामी सबैको इमान्दार प्रयास, दृढ सङ्कल्प र मिहिनेतबाट समृद्धिको सपनालाई यथार्थतामा परिणत गर्न सकिन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिम्बू समुदायले चासोक तङनाम पर्व मनाउँदै
मंसिर ३०, २०८१ आइतबार
गढीमाई मेलामा भारतीय र नेपाली दर्शनार्थीको घुइँचो
मंसिर २४, २०८१ सोमबार
आजदेखि गढीमाई मेलामा पशु बलि शुरु , हेर्नुहोस् तस्विरमा मेलाको रौनक
मंसिर २३, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार