नेपाली कांग्रेस बीपीमा २ सय जना युवा प्रवेश
नेपालबहस संवाददाता
साउन १७, २०७७ आइतबार ३:२९:३६
१७ साउन, काठमाडौं । नेपाली कांग्रेस बीपीमा २०० बढी युवाहरु प्रवेश गरेका छ्न । कांग्रेस बीपीले काठमाडौ क्षेत्र नम्बर ९ कलंकीमा आफ्नो क्षेत्रीय कार्यालय स्थापना तथा २०० जना युवाहरुलाई पार्टी प्रवेश गराएको हो । क्षेत्र नम्बर ९ का सभापति प्रभाकर महर्जनको सभापतित्व र नेपाली कांग्रेस बीपीका सभापति हरिबोल भट्टराईको प्रमुख आतिथ्यतामा २०० बढी युवाहरुलाई पार्टी प्रवेश गराइएको हो ।
कार्यक्रममा कांग्रेस बीपीका महामन्त्री तथा पुर्वमन्त्री सुशीलमान शेरचन, महामन्त्री पुष्पराज पराजुली, सह महामन्त्री तथा प्रवक्ता देवेन्द्र प्रकाश लगायतको उपस्थिती थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति भट्टराईले नेकपा सत्ताको लागि विदेशीसित लम्पसार परेको बताए । यसरी विदेशीसँग नेकपासँगै नेपाली कांग्रेस समेत मिलेको उनले बताए । कोरोनाको नाममा सरकारले ठूलो भ्रष्टाचार गरेको उनको आरोप छ ।
सरकारले आफ्नो जिम्मेवारी भुल्दै गएको बेला युवाहरुले इनफ इज इनफ अभियान थाल्नु सकारात्मक रहेको र युवाहरुको मागमा आफ्नो समर्थन रहेको बताए । नेपाली कांग्रेस बीपीका महामन्त्री सुशीलमान शेरचनले सरकारले कोरोनाको नाममा १० अर्ब खर्च देखाएपनि फ्रण्ट लाईनमा खटिने स्वास्थकर्मी, पत्रकार, सुरक्षाकर्मीलाई पीपीई, सेनिटाइजर समेत उपलब्ध नगराइएको बताए ।
नागरिकको पीसीआर परीक्षणमा तिव्रता दिन नसक्ने सरकारले १० अर्वको हिसाब देखाउनु लज्जास्पद भएको उनले बताए । सत्तापक्ष र प्रतिपक्षी दल भ्रष्टाचारमा लिप्त भएकाले अब यस्ता प्रवृत्तिविरुद्ध ठूलो आन्दोलन आवश्यक रहेको उनले बताए ।
यसका लागि ललितपुरको पाटन कृष्ण मन्दिर र भक्तपुरमा कोणसभा गरेपछि काठमाडौमा मसाल जूलूस र माइतीघरमा विशाल विरोध सभाका साथै राष्ट्रिय आन्दोलन घोषणा गर्ने उनले बताए । कार्यक्रममा युवा, पार्टी कार्यकर्ताहरुको सक्रिय सहभागिता थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार