अनशनरत युवाको माग तत्काल सम्बोधन गर्नुपर्छ : सभापति देउवा
नेपालबहस संवाददाता
साउन १७, २०७७ आइतबार ३:४०:८
१७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । शतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई आज वसन्तपुरमा भेटेर उनले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
सभापति देउवाले भने, “अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ, सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको छ, म यसको घोर भत्र्सना गर्छु ।” उनले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनुपर्ने उल्लेख गरे ।
कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा बस्दै आएका युवाले उठाउँदै आएको माग देश र जनताको हितमा रहेको बताए। “सरकारले आफ्ना प्रतिनिधि पठाएर मागलाई तत्काल सम्बोधन गर्नुपर्छ”, उनले भने । यसअघि कांग्रेस नेता प्रकाशमान सिंह, पूर्वमन्त्री नविन्द्रराज जोशीलगायतले अनशनरत युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइसकेका छन ।
शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टाइनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनकारीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
चार दिनमा फिल्म ‘ह्रस्व दीर्घ' ले कति कमायो ?
मंसिर ४, २०८१ मंगलबार
डगमगाउँदो जनताको भरोसाः सरकार अर्थतन्त्र सक्रिय बनाउन चुकेकै हो ?
मंसिर ४, २०८१ मंगलबार
बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
मंसिर ४, २०८१ मंगलबार
भारतसँग व्यापार सहजीकरण गर्न राजदूत शर्मालाई चेम्बरको आग्रह
मंसिर ४, २०८१ मंगलबार
डडेल्धुरामा जीप दुर्घटना : दुईको मृत्यु, सात घाइते
मंसिर ४, २०८१ मंगलबार
कर प्रणाली सुधार गरी अगाडि बढ्नुपर्नेमा परिसंघको जोड
मंसिर ४, २०८१ मंगलबार