छात्रालाई कक्षामा नियमित गराउन स्यानिटरी प्याड
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार १८:३२:०
१८ साउन, सिमकोट । खार्पुनाथ गाउँपालिकाले १० विद्यालयलाई स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई पाँच हजार ५०० थान प्याड वितरण गरिने भएको हो ।
कक्षा ६ देखि १२ सम्मका करिब एक हजार ३०० छात्रालाई प्याड वितरण गर्न लागिएको गाउँपालिकाका शिक्षा अधिकारी भीमबहादुर थापाले जानकारी दिए । थापाका अनुसार हिजो र आज गरेर नेपालगञ्जबाट पाँच हजार ५०० थान प्याड सिमकोट पुगेलगत्तै गाउँपालिकामा लिएर वितरण गरिने भएको छ ।
विद्यालयमा अध्ययनरत छात्रा महिनावारीका अवस्थामा कक्षामा नियमित उपस्थित हुन कठिनाइ भएकाले सो कार्यक्रम लागू गरिएको थापाले जानकारी दिए । सोही गाउँपालिकाका विद्यालयमा कार्यरत शिक्षिकालाई पनि प्याड वितरण वितरण गरिने भएको छ ।
प्याड वितरणवाट विद्यालयमा अध्ययनरत छात्राको कक्षा नियमित भई अध्ययनअध्यापनमा सहजता हुने छ । जिल्लाका किशोरी महिनावारीका समयमा विद्यालय जान लजाउने भएका कारण पनि गाउँपालिकाले सो कार्यक्रम लागू गरेको हो । पाँच हजार ५०० स्यानिटरी प्याडको मूल्य रु तीन लाख परेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार