होम आइसोलेसनका संक्रमितको पुनः परीक्षण अन्योल
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २१:१३:३९
◊ धीरुभाइ
१८ साउन, सप्तरी । सप्तरीको विभिन्न स्थानीय तहमा होम आइसोलेसनमा बसेका संक्रमितहरुको पुनः स्वाब परीक्षण अन्योल भएको छ । राजविराज नगरसहित जिल्लामा एक दर्जन भन्दा बढी संक्रमितहरु निजी (होम) आइसोलेसनमा बसेका छन । उनीहरुमध्ये धेरै जनाको १४ दिन भन्दा बढी समय कटिसकेको छ । तर, पुनः परीक्षण नहुँदा अन्योल भएको छ ।
राजविराज नगरपालिका ६ का मृतक व्यापारीका परिवारका पाँच जनासहित अन्य होम आइसोलेसनमा बसेकाहरुको पुनःपरीक्षणको समय भइसकेको एक संक्रमितले बताए । हामीहरुको आज १५ दिन भयो, उनले भने तर फेरी स्वाब परीक्षणको लागि कहि कतैबाट सोधखोज भएको छैन । के गर्ने न गर्ने अन्योल भएको छ ।
आफुहरु संक्रमित भएका कारण बाहिर पनि निस्किन नहुने भन्दै उनले यस अवस्थामा कहाँ गएर कसरी परीक्षण गराउने समस्या भएको बताए । सो सम्बन्धमा स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले आफुखुशी इच्छा अनुसार होम आइसोलेसनमा बसेको जानकारी दिदै समय पुगेपछि पुनः जाँच गराउन अस्पताल वा स्वाब संकलन केन्द्र नै आउनु पर्ने बताए ।
प्रत्येकको घर÷घरमा गएर स्वाब संकलन गर्न नसकिने उनको कथन छ । सम्पर्क गरेर कोरोना प्रयोगशालासम्म कसरी आउने जाने संक्रमित वा तिनका परिवार स्वयम् व्यवस्था मिलाउनुपर्ने उनले भने, शंकास्पद मानिसको स्वाब संकलनको लागि स्थान निर्धारण गरी सोही अनुसार जनशक्ति पचिालन गरिरहेका छौ । घर÷घरमा सेवा दिन सकिने श्रोत, साधन र जनशक्ति छैन ।
राजविराज नगरको विभिन्न वार्डका गरी १२ जना, डाक्नेश्वरी नगरपालिकामा एक, बलानबिहुल गाउँपालिकामा दुई गरी एक दर्जन भन्दा संक्रमतिहरु होम आइसोलेसनमा रहेको बताइएको छ । जिल्लाका अधिकाँश संक्रमितहरु कोभिड–१९ विशेष आइसोलेसन केन्द्रमा राखेर उपचार भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार