खडकवासीको सपना साकार, प्रदेश सभा सदस्यको क्षेत्र विकास रकमबाटै पुस्तकालय भवन
नेपालबहस संवाददाता
साउन १८, २०७७ आइतबार २१:४९:३०
◊ धीरुभाइ
१८ साउन, सप्तरी । फुर्सदको समयलाई सदुपयोग गर्न र अध्ययन अनुसन्धानको लागि भौतिरदै आएको सप्तरीको खडक नगरपालिकावासीको सपना साकार हुने भएको छ ।
प्रदेश २ का सभा सदस्य रुवीकुमारी कर्णले प्रदेश सभा सदस्य क्षेत्र विकास कार्यक्रम अन्तर्गत खडक नगरपालिका ६ स्थित भव्य आधुनिक पुस्तकालय भवन निर्माण अन्तिम चरणमा रहेको छ ।
सो पुस्तकालय निर्माण सम्पन्न भइ सञ्चालनमा आएपछि सो क्षेत्रका विद्यार्थी, शिक्षक, अध्ययन अनुसन्धानकर्तालाई वर्षोदेखिको सपना साकार हुनेछ । स्थानीय जयप्रकाश चौधरीले १८ धुर जग्गा पुस्तकालयको नाममा प्रदान गरेपछि निर्माण कार्य सुरु भएको उपभोक्ता समितिका पदाधिकारी बिन्देश्वर साह हलुवाईले बताए ।
प्रदेश सभा सदस्य क्षेत्र विकास कार्यक्रम अन्तर्गत प्राप्त ५० लाख बजेट र जनश्रमदानबाट दुई तल्ले पुस्तकालयको छ वटा कोठा, दुई वटा अध्ययन हल, कार्यालय र शौचालयको लागि भवनको ७५ प्रतिशत काम पूरा भएको उनले बजेट नपुग भएर निर्माण कार्य पूर्ण सम्पन्न नभएको बताए ।
पुस्तकालय भवन पूर्ण रुपमा सम्पन्न गर्न चालु वर्षमा लागत स्टिमेट अनुसार थप बजेट बिनियोजन गरिने प्रदेश सभा सदस्य रुवीकुमारी कर्णले बताए । पुस्तकालय सञ्चालनमा आएपछि सो भवनसँगै टाँसिएर रहेको माध्यमित तह र प्राविधिक विषयको अध्ययन अध्यापन भइरहेको सामुदायिक विद्यालय, अन्य सामुदायिक विद्यालयसहित आधा दर्जन बढी संस्थागत विद्यालयका शिक्षक, विद्यार्थी लगायत सरोकारबाला लाभान्वित हुने उनले बताइन ।
पुस्तकालय भवनको कूल ५४ लाख ८० हजार लागत स्टिमेट मध्ये प्रदेश सभा सदस्य क्षेत्र विकास कार्यक्रमबाट ५० लाख र जनश्रमदानबाट चार लाख ८० हजार खर्च भएको पूर्वाधार विकास इकाइ कार्यालय राजविराजका प्रमुख इन्जिनियर किशोरकुमार साहले बताए ।
प्रदेश सभा सदस्य रुवीकुमारी कर्णको प्रदेश सभा सदस्य क्षेत्र विकास कार्यक्रम बजेटबाट खडक नगरपालिका १० डगराहीमा अधुरो सामुदायिक भवन निर्माण, वार्ड नम्बर ८ मुसहरनियाँमा योग भवन, वार्ड नम्बर ३ बनरझुलामा मदर्सा तालिमुल कुरआन भवन निर्माण, शम्भुनाथ नगरपालिका १ रुपनीमा ऊँ शान्ति भवन निर्माण र वार्ड नम्बर ३ मा रविदास सामुदायिक भवन पाँच-पाँच लाखमा निर्माण भएको उनले बताए ।
त्यस्तै बोदे बर्साइन नगरपालिका ५ जाँजर स्थित अधुरो शिव मन्दिरको बाउण्ड्रीवाल निर्माण, खडक नगरपालिका ३ कनचीरा, वार्ड नम्बर ६ खरचुहिया स्थित कृषि सडक र सुरुङ्गा नगरपालिका २ हर्दिया स्थित कुलो पैनीमा पाँच-पाँच लाखको लागतमा निर्माण कार्य गरेको बताइएको छ । बजेट नपुग भएर केही योजनाहरु पूर्ण निर्माण नभएको इन्जिनियर साहले चालु वर्षमा बजेट थप भएमा योजनाहरु पूर्ण सम्पन्न हुने आशा व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार
इन्सपेक्टर शाही पक्राउ प्रकरणमा किन जोडिदैछन् एसपी थापा ?
कात्तिक १, २०८१ बिहिबार
देउवा फकाएर ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर दल फुटाउन सक्ने प्रतिपक्षीको आशंका
कात्तिक २, २०८१ शुक्रबार
सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति लामिछाने चाँडै पक्राउ पर्ने, प्रचण्डसँग हारगुहार
कात्तिक २, २०८१ शुक्रबार
सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ, आजै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै
कात्तिक २, २०८१ शुक्रबार
छविलाल जोशीविरुद्ध अदालतले दियो २० दिनको म्याद
कात्तिक २, २०८१ शुक्रबार
पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरीमा
कात्तिक २, २०८१ शुक्रबार
रविलाई विष्णु रिजालको जवाफ- सरकार मरेको होइन, सक्रिय भएको हो
कात्तिक २, २०८१ शुक्रबार
लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी, यस्तो छ कास्की प्रहरीले पठाएको पत्र
कात्तिक २, २०८१ शुक्रबार