शेयर बजारमा ४२ अंकको पहिरो आउनुको यस्तो छ कारण
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
साउन १८, २०७७ आइतबार २२:१४:५४
![](https://nepalbahas.prixacdn.net/media/albums/Graph_EoJGUjQjRj.png)
१८ साउन, काठमाडाैं । विभिन्न संचार माध्यममा पुन लकडाउन हुनसक्ने समाचारसँगै आज लगानीकर्ताको मनोबल केही कमजोर भएको छ । सोही मनोविज्ञानका साथ बजारमा बिक्रीकर्ता निकै नै हावी भएका थिए । नेप्से परिसूचक ४२ दशमवल ७८ अंकले घट्दै १३९६ दशमलव २८ को विन्दुमा बन्द भएको छ ।
नेप्से परिसूचकमा २ दशमलव ९७ प्रतिशतको गिरावट आएको छ । अघिल्लो साताको अन्तिम कारोवार दिन सम्पूर्ण उपसुचकमा वृद्धि भएसँगै नेप्से परिसूचक सकारात्मक रुपमा बन्द भएको थियो । अघिल्लो साताको अन्तिम कारोवार दिन र आजको कारोवार दिनसम्म त्यस्तो कुनै ठूलो शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरु सिर्जना नभएको अवस्थामा आज बजारमा ४२ अंकको गिरावट आउनु भनेको विशुद्ध लकडाउनको मनोवैज्ञानिक असर रहेको छ।
लगानीकर्ताहरुलाई प्यानिकको अवस्था देखाएर आफु अनुकुल बजार प्रभावित पार्ने समूहहरुपनि यस्तो बेलामा निकै सक्रिय हुने गर्छन । त्यस्तो समूहको जालमा सजिलै पर्ने सकिने हुनाले लगानीकर्ताले आफ्नो स्व-विवेक प्रयोग गर्दा ठीक हुने देखिन्छ।
कारोवार रकम भने राम्रै रहेको छ । आज १८९ कम्पनीको १ अर्ब ८४ करोड माथिको शेयर कारोवार भएको छ । आज लगानीकर्ताहरु आत्तिएर सस्तोमा भए पनि शेयर बेचेको देखिन्छ ।
१४४१ दशमलव २६ को विन्दुमा खुलेको बजारको उच्च विन्दु पनि त्यही रहेको थियो । यसको अर्थ आज बजार खुलेबाट नै निरन्तर रुपमा घटेको थियो । त्यस्तै आजको न्यून विन्दु र अन्तिम विन्दुपनि एकै रहेको छ । आजको बजारको प्रवृत्तिले त्यति सकारात्मक संदेश दिएको देखिदैन ।
आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २२ करोड ६५ लाख बराबरको शेयर खरिदबिक्री भएको छ भने आरम्भ चौतारी लघुवित्तको बजार मूल्य ९ दशमवल ९८ प्रतिशत, अजोड इन्स्योरेसको बजार मूल्य ९ दशमलव ९७ले सर्वाधिक वृद्धि भएको छ भने जोशी हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक ९ दशमलव ७२ प्रतिशतले घटेको छ।
प्राविधिक बिश्लेषण :
प्रतिरोध २ : १४४५ प्रतिरोध १ : १४२०
टेवा १: १३७० टेवा २: १३५०
✍आजको कारोबारले बजारमा आपूर्ति बढेको देखिन्छ। आजको बजार प्रवृत्तिले बियरिस मारुबोजु मैनबत्तीको चित्र बनाएको छ। यसले क्रेताभन्दा विक्रेताको चाप भएको जानकारी दिनुका साथै अर्को कारोबार दिन पनि बजार केही सच्चिन सक्ने जानकारी दिएको छ।
✍दैनिकी अवधिमा “आरएसआई” ५० दशमलब ५१ को बिन्दुमा छ। यसको प्रवृत्तिले आज बजारमा आपूर्ति बढेको जानकारी दिएको छ ।
✍“एडीएक्स” र जोड / बिजोड “डाइरेक्सनल इन्डेक्स”हरुले बजारमा बिक्रेताको चाप बढ्न थालेको जानकारी दिएको छ। “अन ब्यालेन्स भल्यूम” ले पनि बजारमा आज विक्रेताको चाप रहेको जानकारी दिएको छ ।
✍नेप्से बढेमा पहिलो प्रतिरोध १४२० को क्षेत्रमा पाउने देखिन्छ र घटेमा पहिलो टेवा १३७० को क्षेत्रमा पाउने देखिन्छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना
फागुन ५, २०८१ सोमबार
इजरायली सुरक्षा क्याबिनेटले गाजा युद्धविरामको नयाँ चरणबारे छलफल गर्दै
फागुन ५, २०८१ सोमबार
बजेट कोष बढाउन कार करमा निर्भर श्रीलङ्का
फागुन ५, २०८१ सोमबार