सुनसान पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो
नेपालबहस संवाददाता
साउन १८, २०७७ सोमबार १:२८:३१
◊ प्रकाश डोटेल
१७ साउन, स्याङ्जा । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेसँगै शुरु भएको लकडाउनमा सुनसान र बन्द सरह रहेका जिल्लाका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको छ । चहलपहल बढ्न थालेपछि स्थानीय युवाहरुले पर्यटकीय क्षेत्रको सरसफाई गर्नपनि थालेका छन् ।
सामाजिक दुरी कायम गर्दै पर्यटकीय क्षेत्रमा चहलपलह हुन् थालेपछि उक्तक्षेत्रको सरसफाई गर्न थालिएको हो । सुनसान रहेका पर्यटकीय क्षेत्रमा कृत्रिम र प्राकृतिक रुपमा भएको फोहोरहरुलाई संकलन गरेर सफाई गरिएको छ ।
स्याङ्जाका वालिङ् नगरपालिका अन्र्तगत वण्डरफुल वालिङ पर्यटन विकास संस्थाको अगुवाईमा त्रिनेत्र युवा क्लवको सहयोगमा वालिङ्को पर्यटकीय क्षेत्र बाहुनथानको सफाई गरिएको छ । पर्यटकको चहलपहल बढ्न थालेपछि नगर क्षेत्रका पर्यापर्यटन उद्यानको सरसफाई थालिएको नगर प्रमुख दिलिपप्रताप खाँणले बताए ।
जिल्लाका पर्यटकीय क्षेत्र सिरुबारी, मट्टिखान, भालुपहाड, छाङ्छाङ्दी, बाहुनथान, गह्रौसुर, हरिनाश र रामनदीधाममा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । पर्यटकको चहलपलह सुरु भएसँगै पर्यटन क्षेत्रको सरसफाई गर्न आवश्यक रहेको स्थानीयले बताएका छन् ।
सुनसान रहेको पर्यटकीय क्षेत्र भालुपहाडमा आन्तरिक पर्यटनको आउजाउ बढेको स्थानीय शोभाखर ढकालले बताए । दैनिक जसो ठूलो संख्यामा आन्तरिक र बाह्यि पर्यटक आउँने भालुपहाडमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको ढकालले बताए ।
जिल्लाका पर्यटकीय क्षेत्र अवलोकनका लागि क्रमश पर्यटक आउने क्रम बढ्न थालेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार पर्यटक आउँजाउँ बढ्न थालेपछि व्यापारिक कारोबार पनि बढ्न थालेको छ ।
जिल्लाका होटल र घरबास खुलेपनि खास्सै व्यापार त भएको छैन् तर क्रमश चहलपहल बढ्न थालेको सिरुबारी घरबास संचालक जुम गुरुङ्ले बताए । आन्तरिक पर्यटनले मात्रै होटल र घरबास नचल्ने भएपनि चहलपहल शुरु हुनु सकारात्मक भएको गुरुङ्ले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी
जेठ ४, २०८१ शुक्रबार
महिला क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेश
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समिति बनाउन कांग्रेसले गरेको मागमा विपक्षी दल एकजुट
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक सूचना टाँसेर दिउँसो २ बजेका लागि सारियो
जेठ ४, २०८१ शुक्रबार
विक्कीको जन्मदिनमा कट्रिनाको विशेष पोस्ट, सामाजिक सञ्जालमा भाइरल
जेठ ४, २०८१ शुक्रबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार