अब कसले गर्ला कांग्रेसको नेतृत्व ?
इन्द्र रिजाल
साउन १९, २०७७ सोमबार १९:२७:५३
१९ साउन, काठमाडौं । सडक र संसदमा फितलो देखिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आसन्न १४ औं महाधिवेशनमा भने तीब्र दवाव बढाउन उद्यत देखिएका छन् । महाधिवेशनमा नेतृत्व हत्याउन हजुर बादेखि नाति पुस्ताका नेता पनि अग्रसर भएका छन् ।
नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टीको नयाँ नेतृत्वमा पुग्न वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र हैन, युवा पुस्ताका प्रखर वक्ताहरु धनराज गुरुङ, गगन थापा र गुरुराज घिमिरेसम्म हौसिएका छन् । तर जनता र कार्यकर्ताको भावना नबुझेका अन्य कतिपय नेताहरु केवल नेतृत्व हात पार्ने दाउमा मात्रै केन्द्रित भएकाले सामान्य जनताको ध्यान भने खिच्न सकेको पाइँदैन । देउवा नेतृत्वको पार्टी इतिहासमै सर्वाधिक निरीह र निर्लज्ज भएको भन्दै सर्वत्र आलोचना भइरहँदासमेत पुरानै नेतृत्व दोहो¥याउने तयारी तीब्र बनाइएको छ ।
अहिले कांग्रेसमा मूलतः तीनवटा गुट सक्रिय देखिन्छ । त्यसमा संस्थापन पक्षको देउवा गुुट छ भने अर्काे वरिष्ठ नेता रामचन्द्र पौडेलको रहेको छ । त्यस्तै विगतमा निर्णायक क्षमता बनाएका तेस्रो गुटका नेताका रुपमा कृष्णप्रसाद सिटौला रहेका छन् । उनी अहिले पनि पूर्ववतः गुट चलाएरै बसेका छन् । तीनवटै गुटले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने उद्घोष गरिसकेका छन् । यी तीन गुटमध्ये देउवा आफ्नो गुटमा एकल छन् भने सिटौला पनि आफू निर्विवाद नै छन् । यद्यपि गगन थापाले युवाको तर्फबाट आफू उम्मेदवार हुनसक्ने बताएका छन् । तर पौडेल समूहमा भने चार जनाले भित्रभित्रै उम्मेदवारीको घोषणा गरेका छन् ।
पहिलो त पौडेल स्वयं उमेदवार बन्न चाहन्छन् । साथै, उनी निकट महामन्त्री डा. शशांक कोइरालाले समेत अब सभापतिमा उम्मेदवारी दिने तयारी थालेका छन् । उता, कोइराला परिवारकै डा. शेखर कोइरालासमेत सभापतिका आकांक्षी हुन् ।विगत लामै समयदेखि उनी देश दौडाहामा निस्किसकेका छन् । यस्तै प्रकाशमान सिंह समेत अहिले यही समूहबाट सभापतिमा लड्ने तयारीमा जुटेका छन् । पौडेल समूह भित्रको यो खिचातानीले देउवा हौसिएका छन् । त्यसैले उनी पौडेललगायत सकेसम्म धेरै जनालाई उम्मेदवार बनाउने रणनीतिमा रहेका छन् । यस्तो अवस्था आयो भने देउवाका लागि ज्यादै सहज हुने उनको बुझाई रहेको छ ।
पौडेलको दु:ख
पार्टीमा लामो त्याग र तपस्या गरेका पौडेल तुलनात्मक रुपमा विचारधारा दिने नेतासमेत हुन् । उनी सैद्धान्तिक पक्षमा समेत थोरबहुत बहस गर्न सक्छन् । त्यो क्षमता देउवामा भने विल्कुलै छैन । तर पौडेल संगठन गर्न भने चतुर छैनन् । देश, काल परिस्थिति बमोजिम कार्यकर्ता परिचालन गर्ने क्षमताको उनमा सर्वथा अभाव रहेको छ । त्यसैले पौडेलको ओत लाग्ने कार्यकर्ताले कतिबेला कस्तो दुख व्यहोर्नुपर्ने हो थाहा हुँदैन । उनी सानो चित्त र भावनामा बग्ने नेताका रुपमा चिनिन्छन् । त्यसैले उनका पछाडि ठूलो समूह देखिएको छैन ।
सधैं दोस्रो तहको हैसियतमा मात्रै उनी बसेका छन् । कुनै पनि संगठनमा उनी कार्यकारी हैसियतमा बस्न पाएका छैनन् । न त पार्टी सभापति न प्रधानमन्त्री । दुबै मोर्चामा उनी दोस्रो हैसियतमा मात्रै बसे । जसले गर्दा उनमा एकपटक पार्टीको सभापति र प्रधानमन्त्री बन्ने उत्कट अभिलाषा रहेको छ । तर नियतिले उनलाई त्यो अवसर जुराएको छैन । यसपाला पनि उनी पार्टी सभापति बन्ने अवस्था बलियो छैन । यद्यपि उनी सबैलाई मिलाएर आफ्नो पक्षबाट एकल उम्मेदवार बन्ने कोशिशमा भने जुटिरहेका छन् । यस प्रयोजनका लागि उनले अनामनगरमा सम्पर्क कार्यालय नै खोलेका छन् ।
सिटौलाको दाउ
सुशील कोइराला रहुञ्जेल कोइरालाहरुको भित्रिया रहेका सिटौला पछिल्लो समय बेग्लै गुट चलाएर बसेका छन् । उनी पौडेलले पार्टी र सरकार दुवै मोर्चा हाँक्न नसक्ने ठान्छन् । कोइराला पक्षले आफ्नो तर्फबाट पौडेललाई अगाडि बढाएपछि सिटौला बिच्किएका हुन् । त्यसैले गत महाधिवेशनमा उनले अलग धार बनाएर पौडेललाई हराउने काम गरे । त्यो अवस्था अहिलेपनि कायमै छ ।
पौडेल फेरि पनि उम्मेदवार हुने अवस्था आए सिटौला समेत सभापतिको उम्मेदवार हुने सोचमा रहेका छन् । तर पौडेलको सट्टा शेखर वा शशांक उमेदवार भए उनले सोच्न सकिने बताएका छन् । सिटौलाको मत अहिले पनि निर्णायक देखिन्छ । त्यसैले पौडेलले देउवालाई अर्काे कार्यकालका लागि सभापति बन्नबाट रोक्ने हो भने फेरि पनि त्याग गर्नैपर्ने अवस्था छ । त्यो अवस्थामा भने सिटौलाले कोइराला परिवारको सदस्यलाई सघाउने वचन दिएका छन् ।
निरीह युवा
नेपाली कांग्रेसलाई नयाँ शीराबाट सञ्चालन गर्न अब युवा जमातको नेतृत्व अपरिहार्य छ भनेर कुर्लने युवा धेरै छन् । वास्तवमा कार्यकर्ता तहमा समेत यही भावना रहेको छ । अहिलेको नेपाल कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्न अब नेपाली कांग्रेसमा युवाहरु नै फ्रण्टलाइनमा आउनुपर्ने आम कार्यकर्ताको माग छ । त्यो सबैलाई ज्ञात छ । तर नेताहरु भने युवाहरुलाई समेत गुटमा सीमित गर्न सफल भएका छन् । हरेक गुटमा युवाहरु आवद्ध छन् ।
चाहे त्यो देउवाका लागि विश्वप्रकाश शर्मा हुन् वा पौडेलका लागि गुरुराज घिमिरे या सिटौलाका लागि गगन थापा, सबै गुटमै सीमित छन् । यी युवा नेताले पार्टी हाँक्ने सामथ्र्य राख्छन् । तर यिनीहरुमा आँट पलाइसकेको छैन । पार्टीको लगाम सम्हाल्छु भन्ने हेउ यी युवामा अहिलेसम्म देखिएको छैन् । उनीहरु पनि आफ्नाे भविष्य नेताहरुको गुटमै रहँदा सुरक्षित हुने विश्वासमा छन् । जसले गर्दा देउवा, पौडेल वा सिटौला जस्ता मानिस नेतृत्वमा पुग्न र टिक्न सफल भएका हुन् । युवाहरुले सबै गुट भत्काएर एकैथलोमा उभिएर साझा रुपमा उम्मेदवारी दिने हो भने नेताहरु अभिभावक बन्न बाध्य हुने छन् । तर त्यो ल्याकत युवा जमातमा विल्कुलै छैन । त्यसैको फाइदा उठाएर नेतृत्व हत्याउन सफल भएका हुन् देउवा, पौडेल र सिटौलाहरु ।
फेरि पनि पुरानै पुस्ता
पार्टीभित्रको अहिलेसम्मको तयारी र अवधारणा हेर्ने हो भने भन्न करै लाग्छ–१४ औं महाधिवेशनले पनि पुरानै नेतृत्वलाई दोह¥याउने छ । देउपा आफ्नो पक्षमा सर्वसम्मत छन् । थोरै चाहना विमलेन्द्र निधिको छ, तर उनी देउवाको ग्रिन सिग्नल नपाएसम्म डेग चाल्न सक्दैनन् । उता, पौडेल पनि सबैसँग अनुनयविनय गरेर एकपटक उम्मेदवार बन्ने कसरतमा छन् । त्यस्तो अवस्था आयो भने सिटौलाले पनि उम्मेदवारी दिने लगभग निश्चितै छ । तर युवा पुस्ताले यी तीनखाले नेतृत्वलाई चुनौती दिने कुनै तयारी गरेको देखिंदैन । चुनौती दिन सबैभन्दा पहिला त गुटबाट बाहिरिन सक्नुप¥यो । तर त्यो हिम्मत कसैमा देखिंदैन । त्यसैले आगामी महाधिवेशनले पनि पुरानै पुस्तालाई नेतृत्वमा स्थापित गर्ने लगभग निश्चित देखिन्छ ।
देउवा दोस्रो कार्यकालका लागिसमेत सभापति बन्न चाहन्छन्, त्यसको तयारी उनले गरिसकेका छन् । तर उनलाई चुनौती दिने पौडेल समुह भने आआफ्नै अहंमले अन्योलग्रस्त छन् । यदि पौडेल समुहका पौडेल, कोइराला, केसी, महत, सिंह र सिटौलाहरु एक हुने हो भने देउवा समुहको दाल गल्नेवाला छैन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
तीनपटक प्रधानमन्त्री भइसकेका प्रचण्डलाई किन भनिन्छ लेन्डुप दोर्जेको नेपाली संस्करण ?
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
होटल ली हिमालयमा सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट
मंसिर ७, २०८१ शुक्रबार
छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट
मंसिर ७, २०८१ शुक्रबार
चीनले प्रतिबद्धता जनाएको अनुदानमै समस्या छ, बीआरआईमा ऋणको सहमति गर्न सकिन्नः कांग्रेस
मंसिर ७, २०८१ शुक्रबार
कानुन पर्खिरहेको ‘मोटरबोट’ व्यवसाय
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार