तनहुँका गाईमा देखियो नयाँ भाइरस
नेपालबहस संवाददाता
साउन १९, २०७७ सोमबार २२:१६:३०
१९ साउन, दमौली । तनहुँ जिल्लाका गाईमा नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । व्यास नगरपालिका–११ फराकचौरका कृष्ण दरैले पाल्नुभएको गाईमा लम्पी स्क्रिन डिजिज भाइरस देखा परेको हो ।
नेपालको पूर्वी जिल्लामा व्यापकरूपमा देखा परेको यो भाइरसको सङ्क्रमण तनहुँमा पनि देखा परेको भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए । “पक्स समूहको काप्रिपक्स भाइरसबाट देखिने यो रोग तनहुँमा पनि फेला परेको छ”, डा श्रेष्ठले भने, “नमूना सङ्कलन गरेर ल्याएका छौँ, परीक्षणपछि थप पत्ता लाग्छ, तर सामान्यरूपमा हेर्दा यो लम्पी स्क्रिन डिजिज नै हो ।”
जिल्लाका अन्य ठाउँमा पनि यो रोग देखा परे खबर गर्न सम्बन्धित स्थानीय तहको पशु शाखामार्फत् आग्रह गरिएको छ । “जिल्लाका अन्य ठाउँबाट यो रोगको बारेमा किसानले हालसम्म जानकारी नगराए पनि यो रोग नफैलिएला भन्न सकिन्न”, श्रेष्ठले भने ।
डा श्रेष्ठका अनुसार पहिला अफ्रिकामा सीमित यो रोग सन् २०१२ पछि मध्यपूर्व, दक्षिण पूर्वी युरोप, रसिया, कजाकिस्तान हुँदै बङ्गलादेश र भारतमा पनि केही महनिा अगाडि देखा परेको थियो । अहिले नेपालको मोरङ, झापालगायत पूर्वी क्षेत्रमा यसैसँग मिल्दोजुल्दो लक्षण देखिई सयांँ गाई बिरामी परेको र केही मरेको जानकारी प्राप्त भएको डा श्रेष्ठले जानकारी दिए ।
यो भाइरस लागिसकेपछि कचेरा निकाल्ने, सिङ्गान बग्ने तथा फिज धेरै निकाल्ने हुन्छ । शरीरका विभिन्न ठाउँमा विशेषगरी घाँटी, पछाडिको भाग, पेट र थुन वरिपरि १० देखि ५० मिलिमिटरसम्मका गिर्खाहरु देखिने गरेको डा श्रेष्ठले बताए ।
“यो रोग लागिसकेपछि गाईलाई उच्च ज्वरो आउने र दूध उत्पादन ८० प्रतिशतसम्म घट्न सक्छ”, डा श्रेष्ठले भने, “साथै गर्भ तुहिन सक्ने र पछि महिनौँ बाँझोपना देखिन पनि सक्छ ।”
डा श्रेष्ठका अनुसार यो रोग लामखुट्टे, किर्ना आदिको टोकाइको माध्यमबाट र सङ्क्रमित पशु र स्वस्थ पशुलाई उपचारका क्रममा एउटै सुई प्रयोग गर्दा सर्छ । “यस रोगको ठोस उपचार नभएको र खोप नेपालमा उपलब्ध नभएकाले पशु चिकित्सकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्न सकिन्छ”, श्रेष्ठले भने ।
डा श्रेष्ठका अनुसार यो रोगबाट गाईलाई बचाउनका लागि लामखुट्टे, झिङ्गा, किर्ना आदिको सङ्ख्या नियन्त्रण र गोठ वरिपरिको वातावरण सफा राख्नुपर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार