दोश्रो बजार १४०० माथि बस्न सफल ! टेवा, प्रतिरोध कहाँ ?
आर्थिक संवाददाता
साउन १९, २०७७ सोमबार २२:५२:५४
१९ साउन, काठमाडाैं । साताको दोश्रो कारोवार दिन आज शेयरबजारमा केही राहत प्राप्त छ । हिजो २ प्रतिशत भन्दा धेरैले घटेको नेप्से परिसुचकमा आज भने ७ दशमलव ५९ अंकको वृद्धि देखिएको छ । शेयरबजार शुन्य दशमवल ५४ प्रतिशतले वृद्धि भएको छ ।
आज १९० कम्पनीको शेयर कारोवार हुँदा १ अर्ब २९ करोडको शेयर कारोवार भएको छ । आज कारोवार रकमको मध्य प्रभु बैंकको मात्र ३४ करोड माथिको संस्थापक शेयर कारोवार भएको छ । प्रभु बैंकको संस्थापक शेयरलाई नलिदाँ पनि कारोवार रकम १ अर्ब भन्दा मुनि रहेको छ। बजार वृद्धि हुँदा कारोवार रकम वृद्धि हुनुलाई सकारात्मक रुपमा लिन सकिन्छ भने आज भने त्यस्तो प्रवृत्ति देखिएको छैन ।
आज बजार १३९५ को विन्दुमा खुलेकोमा ११ बजेर ४७ मिनेटमा १४११ को उच्च विन्दुसम्म पुगेको थियो । त्यस्तै ११ बजेर २० मिनेटमा १३८४ को न्यून विन्दुमा पुगेको थियो।
आज प्रभु बैंकको संस्थापक शेयर सर्वाधिक कारोवार भएको छ । प्रभु बैंकको मात्र ३४ करोड २९ लाख बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । अजोड इन्स्योरेन्सको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले वृद्धि भएको छ। त्यस्तै दिव्यश्वरी हाईड्रोपावरको शेयर मूल्य सर्वाधिक ६ दशमलव ९० प्रतिशतले घटेको छ।
आज हाइड्रोपावर, फाईनान्स र म्युचअल फण्ड उपसुचकमा मात्र गिरावट आएको छ भने होटल उपसुचकमा सर्वाधिक वृद्धि देखिएको छ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट
मंसिर ६, २०८१ बिहिबार
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
मंसिर ४, २०८१ मंगलबार
आज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार