कोरोनाको उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार गरिएको डब्लुएचओको भनाइ
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १२:२६:५०
२० साउन, एजेन्सी । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’को विज्ञहरूको टोलीले कोभिड–१९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताए ।
“हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड–१९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो,” डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बताए । उनले भने, “अध्ययनका लागि चीन पठाइएको सङ्गठनको विशेषज्ञहरूको टोलीले आधारभूत कामहरू सकिसकेको छ ।”
यी प्रयासहरूको परिणामका रूपमा डब्ल्यूएचओको नेतृत्वमा चिनियाँ विज्ञहरूले डब्ल्यूएचओको अन्तर्राष्ट्रिय टोलीको अध्ययन र कामका लागि आवश्यक सन्दर्भ सर्तहरूको मस्यौदा तयार गरेका छन् । “अन्तर्राष्ट्रिय टोलीमा चीन र विश्वभरका अग्रणी वैज्ञानिक र अनुसन्धानकर्ताहरु सामेल हुनेछन्,” डब्ल्यूएचओ प्रमुखले बताए।
छिट्टै केहि सङ्क्रमणको सम्भावित श्रोत पहिचान गर्न चीनको वुहानमा महामारीविज्ञानसम्बन्धी अध्ययन सुरु हुनेछ, उनले भने । यस कामबाट उत्पन्न प्रमाण र परिकल्पनाले दीर्घकालीन अध्ययनको लागि आधार तयार पार्नेछ । दुई डब्ल्यूएचओ विशेषज्ञहरु मिलेर एक टोलीलाई तीन हप्ता पहिले चीन पठाइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार