मेची अस्पतालमा कोभिड–१९ को उपचार शुरु
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १६:३९:३८
२० साउन, झापा । मेची अस्पताल भद्रपुरमा कोभिड–१९ को नमूना परीक्षणसँगै सङ्क्रमितको उपचार शुरु गरिएको छ । प्रदेश नं १ सरकारको सहयोगमा अस्पतालमा २५ श्ययाको आइसोलेसन र पिसीआर प्रयोगशाला स्थापना भइसकेको छ । प्रदेशले दुईवटा भेन्टिलेटरसमेत उपलब्ध गराएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबारदेखि सङ्क्रमितको उपचार र पीसीआर प्रयोगशालाको नमूना परीक्षण भइरहेको बताए । अस्पताल विकास समितिलाई प्रदेश सरकारले दुवै काम थाल्न निर्देशन दिएको थियो । प्रयोगशालामा भइरहेको कोभिड–१९ को परीक्षणका नमूनालाई हाल विराटनगरस्थित प्रदेश प्रयोगशालामा पुनः परीक्षण गरिने र बुधबारदेखि नियमित परीक्षण थालिने अस्पतालका अध्यक्ष पोर्तेलले बताए ।
अस्पतालको आइसोलेसनमा यसअघि कोभिड–१९ का सङ्क्रमितलाई राख्ने गरिएको थिएन तर प्रदेश सरकारले आवश्यक सहयोग र सुविधा दिने भएपछि सङ्क्रमितको उपचारसमेत गर्न थालिएको हो । सोमबार विर्तामोड र अर्जुनधारा नगरपालिकाका पाँच सङ्क्रमितलाई मेची अस्पतालकै आइसोलेसनमा भर्ना गरेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईँले जानकारी दिए ।
प्रदेशसभा सदस्य वसन्त बानियाँले मेची अस्पतालमा कोभिड सङ्क्रमितको उपचार हुनु र पिसीआर प्रयोगशलासमेत सञ्चालनमा आउनु झापा मात्र नभएर इलाम, पाँचथर र ताप्लेजुङवासीका लागि समेत खुशीको विषय भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटन अस्पतालमा मन्त्री पौडेलको अनुगमन
असोज १८, २०८१ शुक्रबार
फोहाेरबाट आम्दानी गर्दै महाकाली अस्पताल
असोज १८, २०८१ शुक्रबार
लुम्बिनी प्रदेश सरकारले सामुदायिक अस्पतालसँग सहकार्य गर्ने
असोज १७, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार