मुख्यमन्त्री गुरुङद्वारा बाढीपहिरो प्रभावित गाउँको निरीक्षण
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १८:५६:२२
२० साउन ,लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् । बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गरेका हुन ।
मुख्यमन्त्री गुरुङले बाढीपहिरोले नागरिकलाई बनाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको बताउँदै बस्तीका लागि आवश्यक सहयोग गरिने आश्वासन दिए। जनताको जीउ धनको सुरक्षा गर्ने जिम्मा सरकारको रहेको भन्दै प्रदेश सरकार सधैँ जनताको साथमा रहेको उनले प्रस्ट पारे । प्रदेशका मुस्ताङ र मनाङबाहेक नौ वटै जिल्लामा बाढीपहिराले करिब ५०० घरमा क्षति पु¥याएकाले प्रदेश सरकारले तिनको पुनःनिर्माण गरिदिने उनको भनाइ छ ।
दुवार गाउँका बाढीपहिराबाट प्रभावित वासिन्दाले मुख्यमन्त्री गुरुङसँग गाउँमा बस्न उच्च जोखिम रहेको र उचित स्थानमा पुनःस्थापना गरिदिन आग्रह गरेका थिए । पहिरोको जोखिम रहे पनि तत्काल कतै जाने ठाउँ नभएकाले बाढीपहिरोको बेवास्ता गर्दै ज्यानको बाजी राखेर दिनरात कटाउँदै आएको उनीहरुको भनाइ छ ।
गत असार २६ गते आएको अविरल वर्षासँगैको बाढीपहिराले दुवार गाउँका छ घर पूर्णरुपमा ध्वस्त बनाएको छ भने ७० घर उच्च जोखिममा रहेका छन् । बाढीपहिराले गाउँका कुनै घर चर्किने, कुनै ढल्किएको अवस्थामा रहेको वडाध्यक्ष तुलबहादुर घलेले बताए । बस्ती बीचमा पानीको मूलसमेत पलाएकाले थप जोखिम भइरहेको उनको भनाइ छ ।
निरीक्षणमा मुख्यमन्त्री गुरुङसहित गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक मायानाथ अधिकारी, सांसदद्वय मधुमाया अधिकारी र धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सहभागी थिए ।
यसैबीच राष्ट्रिय युवा सङ्घको पहलमा दोर्दी गाउँपालिकाका युवाहरुले बाढीपहिरो पीडितलाई खाद्यान्न सहयोग गरेका छन् । मुख्यमन्त्री गुरुङले बाढीपहिरो पीडितलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । सङ्घमा आबद्ध युवाहरुले रकम सङ्कलन गरेर ४५ बोरा चामल, ४५ बोरा तेल र ४५ नून सहयोग गरेका छाैँ ।” उनीहरुले ४५ घरलाई उक्त सामग्री सहयोग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार