घोराहीमा थारूभाषामा पठनपाठन हुने
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार १९:५१:३६
२० साउन ,नारायणपुर । दाङको घोराही उपमहानगरपालिका भित्रका विद्यालयमा थारू भाषामा पठनपाठन हुने भएको छ । यसका लागि उपमहानगरपालिकाले थारू कल्याणकारिणी सभाको सहयोगमा पाठ्यक्रम तयार समेत गरेको जनाएको छ । पाठ्यक्रम उपमहानगरपालिकाभित्रका थारू बाहुल्य रहेका विद्यालयमा लागू हुनेछ ।
पाठ्यक्रमको बालबालिकाका लागि आफ्नै मातृभाषामा सुन्न, बोल्न र लेख्ने सीपको विकास गर्ने, नयाँ विषयवस्तुलाई आफ्नो मातृभाषामा शिक्षण धारणा स्पष्ट भई आत्मविश्वासको विकास गराउने, विद्यार्थीको शारीरिक, मानसिक, संवेगात्मक विकासलाई प्रभावकारी सहयोग पु¥याउने पाठ्यक्रमको ध्येय रहेको छ । यसैगरी थारू भाषालाई दिगो बनाई थप फराकिलो बनाउँदै दोस्रो भाषामा सिक्न सजिलो बनाउने र थारू भाषाको संरक्षण, प्रवद्र्धन र विकासमा टेवा पु¥याउनेलगायतका ध्येय समेत रहेको छ ।
सोह्रवटा विषयवस्तु र चारवटा कार्यक्षेत्र समेटेर पाठ्यक्रम तयार पारिएकोथारू कल्याणकारिणी सभाका अध्यक्ष एवं थारू मातृभाषा पाठ्यक्रम टोलीका संयोजक भुवन चौधरीले जानकारी दिए । उनका अनुसार विषय कार्यक्षेत्रमा सुनाइ र बोलाइमा )ध्वनि सचेतीकरण), पढाइमा पठन प्रवाह (अर्थबोध र पठनबोध), लेखाइमा (लेख्य वर्ण सचेतीकरण र लेखाइ) र शब्द भण्डारण र व्याकरण रहेका छन् ।
विषयवस्तुमा मै ओ म्वार परिवार, म्वार दैनिकी, हमार समुदाय, हमार विद्यालय, हमार वातावरण, म्वार स्वास्थ्य रहेको छ । म्वार सिर्जना, हमार संस्कृति, असल व्यवहार, हमार बजार, हमार देश, म्वार संसार, खेल, हमार प्रविधि, हमार सीप र सूचना, सञ्चार रहेका छन् । उपमहानगरपालिकाले गत वर्षदेखि थारू भाषालाई सरकारी कामकाजीको भाषा बनाइसकेको भए पनि कार्यान्वयनमा अझै आउन सकेको छैन ।
गत वर्षदेखि नै थारू बाहुल्यता रहेका विद्यालयमा मातृभाषामा पढाउने निर्णयसमेत भएको थियो । पहिलो चरणमा कक्षा १ देखि ३ सम्म थारू भाषाको पाठ्यक्रम पठनपाठन हुने उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए। “ उपमहानगरपालिकाभित्रका थारूहरुको बाहुल्यता रहेको विद्यालयमा पाठ्यक्रम लागू हुनेछ”, उनले भने ।
नेपालको संविधानमा मातृभाषाबाट पनि पठनपाठन गराउन सक्ने व्यवस्था छ । संविधानकोे व्यवस्थाअनुसार पाठ्यक्रम बनाउन थारू कल्याणकारी सभालाई जिम्मा दिइएको उनले जानकारी दिए । “थारू कल्याणकारी सभाले पाठ्यक्रम बनाइसकेको छ उक्त पाठ्यक्रमलाई शिक्षा महाशाखाले हेरेर प्रतिक्रिया दिएपछि लागू हुनेछ”, उनले भने । घोराहीलाई थारू भाषाको पहिचानसहितको नगर बनाउने उद्देश्यअनुसार आधारभूत तहबाटै लागू गर्न खोजिएको उनको भनाइ छ ।
“थारू भाषालाई सर्वव्यापी बनाउन जरुरी छ, हामीले थारू भाषालाई जिल्लाव्यापी बनाउन नसके पनि घोराहीव्यापी बनाएरै छाड्छौँ”, उनले भने । तुलसीपुर उपमहानगरपालिकाले गत शैक्षिक वर्षदेखि मगर बाहुल्य क्षेत्रका विद्यालयहरुमा मगरभाषाको पढाइ सुरु गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार