विराटनगरमा कार्यालय सञ्चालन गर्न सकस
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार २०:२०:५५
२० साउन विराटनगर । विराटनगरमा कोरोना सङ्क्रमणको जोखिमले सरकारी सेवाप्रदत्त कार्यालय प्रभावित बन्न पुगेका छन् । अहिले कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन गर्न सकस भइरहेको छ ।
यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । यसपछि कार्यालय सञ्चालन गर्न समस्या भइरहेको कार्यालय प्रमुखहरु बताउँछन् । नापी र मालपोत कार्यालय ७२ घण्टाका लागि बन्द गरिएको छ । नापी शाखाका दुईजना कर्मचारीमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई उपचारका लागि मोरङको गोठगाउँस्थित क्वारेन्टाइनमा लगिएको छ ।
चालीस जना कर्मचारी रहेको नापी शाखामा सोमबार २० जनाको स्वाब परीक्षणमा पठाइएको छ र आज थप २० जनाको स्वाब लिने तयारी भइरहेको कार्यालय प्रमुख दामोदर वाग्लेले जानकारी दिए । निकै भीडभाड हुने र कार्यालयकै कर्मचारीमा कोरोना देखिएपछि कार्यालायमा स्यानिटाइज गर्नुपर्ने र यसका लागि जनस्वास्थ्य कार्यालय, महानगपालिका वा अन्य सम्बन्धित निकायले समयमै ध्यान दिनुपर्नेमा उनले बताए ।
डिभिजन वन कार्यालयका प्रमुख विशाल घिमिरेले कर्मचारीलाई विशेष सावधानी अपनाउन र आफ्ना निजी सवारी साधन नभएका कर्मचारीलाई कार्यालय नआई घरबाटै सेवामा जुट्न निर्देशन दिएको बताए ।कोरोना सङ्क्रमित एक वृद्धाको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार विराटनगर–५ का मधुमेह र उच्च रक्तचापबाट पीडित ७७ वर्षीय वृद्धाको कोशी अस्पताल आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतकको कोभिड–१९ सङ्क्रमणको रिपोर्ट आउनुअघि मृत्यु भएको प्रमुख बस्नेतले बताए। मोरङमा कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । यहाँ सङ्क्रमितका सङ्ख्या १४२ पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त हुँदै
मंसिर ११, २०८१ मंगलबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने
कात्तिक ६, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
शुक्रबार मात्रै किन गरिन्छ लक्ष्मीको पूजा ?
मंसिर १४, २०८१ शुक्रबार