सामुदायिक वन समावेशी संरचनाको नमूना
नेपालबहस संवाददाता
साउन २०, २०७७ मंगलबार २२:१७:५८
२० साउन, काठमाडौं । नेपालका सामुदायिक वन उपभोक्ता समूह महिला सहभागिताका लागि नमूनाका रुपमा लिइन्छ । सामुदायिक वनमा ५० प्रतिशत महिला सहभागिताका लागि सामुदायिक वन मार्गदर्शन २०६१ ९संशोधित २०७१० मा नै व्यवस्था गरेर लागू गरिएको छ ।
हाल करिब एक लाख ५० हजार महिलाले सामुदायिक वनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फेकोफन० ले जनाएको छ । देशभरका २२ हजार २६६ सामुदायिक वनमध्ये एक हजार १०० भन्दा बढीमा त शतप्रतिशत महिला सहभागिता छ ।
यसैगरी सामुदायिक वनका अभियानकर्मी स्थानीय, प्रदेश र सङ्घीय सरकारमा करिब दुई हजारभन्दा धेरै निर्वाचित भएका सामुदायिक वन दिवसका अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । हाल देशभर २२ हजार २६६ सामुदायिक वन हस्तान्तरण भएका छन् । यसमा २९ लाख सात हजार ८७१ घरधुरीले २२ लाख ३७ हजार ६७० हेक्टर व्यवस्थापन गर्दै आएको फेकोफनका अध्यक्ष भारती पाठकले जानकारी दिए ।
विसं २०३० साउन २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर सामुदायिक वन दिवसको रुपमा मनाउन थालिएको हो । यसवर्ष फेकोफनले सामुदायिक वन दिवस यही साउन १९ देखि २५ गतेसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
स्थापनाकालदेखिको अवधिमा सामुदायिक वन अभियानले आफूलाई नेपालको वन क्षेत्रमा एक जिम्मेवार, सशक्त, समावेशी र लोकतान्त्रिक नागरिक समाजको रुपमा स्थापित हुन र परिचित गराउन सफल भएको बताउँदै उहाँले वन संरक्षण संवद्र्धन र सदुपयोगमा पनि महत्वपूर्ण स्थान ओगटेको दाबी गरे ।
यसवर्ष “समृद्धिका लागि सामुदायिक वन ः उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान” भन्ने नाराका साथ सामुदायिक वन दिवस मनाउन लागिएको छ ।
अध्यक्ष पाठकले भनेृ, “सामुदायिक वन उपभोक्ता समूहले आफनो स्थापनादेखि नै गरेको सङ्घर्ष बलिदानीका कारण ३९ प्रतिशत रहेको वन क्षेत्र आज ४४।७४ प्रतिशतमा पुगेको छ, यो आन्दोलन अभियान र पैरवीको कारणले नै आज सामुदायिक वनको देशव्यापी विस्तार सम्भव भएको हो । यसैको परिणामस्वरुप जैविक विविधताको संरक्षण र जलवायु परिवर्तन न्यूनीकरणमा ठूलो योगदान पुगेको छ ।”
सामुदायिक वन उपभोक्ता समूहले देशभरिका विभिन्न स्थानीय र प्रदेश सरकारको विपद् कोषमा रु एक करोड २० लाख नगद रकम उपलब्ध गराएका छन् । यसबाहेक रु दुई करोड ५० लाख बराबरको खाद्यान्न तथा स्वास्थ सामग्री सहयोग गरेको फेकोफनले जनाएको छ ।
फेकोफनका महासचिव विर्ष शाहीले दिगो विकास लक्ष्यका १७ लक्ष्यमध्ये १५ लक्ष्यमा सामुदायिक वन उपभोक्ता समूहले प्रत्यक्ष योगदान पु¥याएको जानकारी गराउँदै सामुदायिक वन उपभोक्ता समूह समृद्धि र रोजगारी सिर्जना गर्न वन उद्यम, कृषि वन र पर्या–पर्यटन विकास गरी अगाडि बढिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
धर्मका नाममा हुने राजनीतिलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली
मंसिर १, २०८१ शनिबार
रुकुममा बस अनियन्त्रित हुँदा नौ जना घाइते
मंसिर १, २०८१ शनिबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
पर्यटकीय सम्भावना बोकेको जलजला ( फोटो फिचर )
मंसिर १, २०८१ शनिबार
नबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार