युवापुस्ताले गणेश प्रवृत्ति त्यागेर नेतृत्व खाेस्न युवा नेता रञ्जित कर्णको आव्हान
इन्द्र रिजाल
साउन २०, २०७७ मंगलबार २३:५७:१९
२० साउन, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा संविधान सभा सदस्य रञ्जित कर्णले नेपाली कांग्रेसलाई नयाँ स्वरुपमा ढाल्न युवा पुस्ताको महत्वपूर्ण भूमिका रहने बताएका छन् । नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउने दायित्व अब युवा पुस्ताले नै ग्रहण गर्नुपर्ने नेविसंघका पूर्व अध्यक्षसमेत रहेका कर्णको ठहर छ । यसका लागि युवाहरु नै जागरुक हुनुपर्ने उनको तर्क छ ।
जबसम्म हामी एकढिक्का भएर नेतृत्व हत्याउन लाग्दैनौं तबसम्म पार्टीले नयाँ उँचाई प्राप्त गर्न सक्दैन भन्दै युवा नेता कर्णले अब समयानुकल बनाउने दायित्वपनि स्वयं युवाहरुकै काँधमा भएको बताएका छन् । हालै मात्र नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विभागले उनलाई युवा प्रशिक्षण कार्यक्रम सञ्चालन तथा संयोजन गर्ने जिम्मेवारी सुम्पिएको छ । युवाहरुलाई अझै प्रशिक्षित गर्न जरुरी छ भन्दै उनले नेपाली कांग्रेसको हालसम्म युवा नीति नरहेकाले यो अभियानलाई अब तीब्रता दिइने जानकारी दिए ।
म नेपाल विद्यार्थी संघको पूर्व अध्यक्षसमेत रहेको युवा पुस्ताको कार्यकर्ता भएकाले पार्टीले मलाई उक्त जिम्मेवारी दिएको हो भन्दै उनले नेपालबहस डटकमसँगको कुराकानीमा भने– कोरोना महामारी फेरि दोस्रो लहरमा फैलन थालेको बेला हामी पार्टीलाई युवामैत्री र आकर्षणको क्षेत्र बनाउने अभियानमा जुटेका छौं । पार्टीलाई नयाँ परिवेशमा लैजानका लागि युवा पुस्ताकै आकर्षण हुनुपर्ने उनको ठहर छ । यसका लागि उनले देशव्यापी रुपमा बहस चलाउने जानकारी दिए ।
यसका लागि केही युवा साथीहरुलाई गृहकार्य गर्न जिम्मेवारी दिएको भन्दै उनले आगामी १५ दिन भित्र नेपाली कांग्रेसको युवा नीति योजना तथा कार्यक्रम तयार हुने जानकारी दिए । आफ्नो टिमले नीति कार्यक्रमको खाका तयार गरेपछि सूचना प्रविधिको प्रयोग गरेर वडा तहसम्म बहस र छलफल चलाउने योजना रहेको पनि युवा नेता कर्णले प्रष्ट्याए । अब आफ्नो कमिटीले तीन चरणमा काम गर्ने जानकारी दिंदै उनले भने– पहिलो चरणमा नेपाली कांग्रेसको युवा नीति बनाउने छौं । यसका लागि देशव्यापी रुपमा सुुझाव संकलन गर्दै छौं । त्यसपछि १५ दिन भित्र अवधारण पत्र ल्याएर देशैभरिको वडा तहसम्म बहस गराउने तयारीमा रहेको पनि उनले बताए ।
दोस्रो महत्वपूर्ण कामका रुपमा आफूले नेपालको राजनीतिलाई मर्यादित बनाउने दायित्व निर्वाह गर्ने उनको योजना रहेको खुलस्त पारे । जनमानसमा राजनीतिप्रति घृणाभाव रहेको र भ्रष्टाचार गर्ने अघोषित लाईसेन्स नै रहेको भान परेको चर्चा गर्दै उने अब नागरिक समाजमा राजनीतिप्रति सकारात्मक सोच बनाइनुपर्ने धारणा राखे । यो दायित्व पनि नेपाली कांग्रेसकै युवा पुस्ताले गर्नुपर्छ– नेता कर्णले भने । राजनीति पेशा होइन, सेवा हो भन्ने धारणा समाजमा स्थापित गर्ने काम राजनीतिक दलका विचार र व्यवहारबाट पुष्टि हुनुपर्छ भन्दै उनले अब राजनीति गर्नेले आफ्नो आय आर्जनको पेशा पनि सँगसँगै लैजानुपर्ने अवधारणा प्रस्तुत गरिने बताए ।
राजनीतिको आडमा भ्रष्टाचार मौलाएकोले अब यसको परिभाषा नै बदल्नुपर्ने अवस्था आईसकेको उनले बताए । युवालाई उद्यमशील नबनाएसम्म राजनीति र भ्रष्टाचार एकै सिक्काका दुई पाटा हुने भए, यो अवधारणा बदल्नै पर्छ– युवा नेता कर्णले भने । नेताहरु आय आर्जन गर्नेतिर लाग्नुप¥यो । राजनीतिलाई आड बनाएर कमाउने हैन । भ्रष्टाचारमुक्त समाज बनाउनेतिर गुड गभर्नेन्स आवश्यक ,त्यसले मात्रै हामीलाई समाजले हेर्ने नजरिया बदलिने हो भन्दै उनले नत्र कालान्तरमा नागरिक समाज र राजनीतिले अलग धार समात्ने अवस्था निर्माण हुनसक्ने औंल्याए ।
नेपाली कांग्रेसले अब राजनीतिमा रुची राख्ने युवालाई उद्यमशिलताको विषयमासमेत प्रशिक्षण दिने छ– उनले भने । यो अवधारणा लिएर आफूहरु देशका सातै प्रदेशमा कार्यक्रम लिएर जाने तयारी गर्दै गरेको पनि उनले जानकारी दिए । अब हाम्रो नारा छ – नो वर्क नो पोलटिक्स । अर्थात आय आर्जन नगर्नेले राजनीति नगर । हाम्रो आन्दोलन भनेको समृद्ध नेपाल हो, राजनीतिक अधिकार प्राप्त भएपछि त्यसलाई प्रभावकारी बनाउन आर्थिक समृद्धि आवश्यक रहेको छ – नेता कर्णको भनाई छ ।
यो अभियानमा युवा वर्गले अगुवाई गर्नुपर्ने धारणा अघि सार्दै उनले आगामी १५ दिन भित्र यही सेरोफेरोमा देशव्यापी रुपमा जुम वा गुगलका माध्यमबाट बहस चलाउने जानकारी पनि दिए । यो बहस वडा तहदेखि प्रधानमन्त्री तहसम्म चलाइनुपर्ने उनको धारणा रहेको छ । यस लागि हामीले विज्ञहरुको टोली बनाएका छौं – युवा नेता कर्ण भन्छन् । भिडियो कन्फरेन्समार्फत यो काम गरिने पनि उनले बताए । यसका लागि तयारी भइसकेको छ – नेता कर्णले भने ।
पार्टी महाधिवेशनको मुखैमा गरिएको नियुक्तिका बारेमा प्रश्न उठिरहेको प्रसंग उल्लेख गर्दै उनले आफू नेतृत्वको कमिटी भने सर्वसम्मत रहेको र विभाग पनि नभएको जानकारी दिए । मेरो नेतृत्वमा गठन भएको कमिटी सर्वसम्मत भएकाले काम गर्न कुनै समस्या छैन भन्दै उनले सहमतिमा बनेको प्रतिष्ठान रहेकाले सबै नेता सहभागी हुनुुभएको बताए । यसै प्रसंगमा नेता कर्णले पार्टी सभापतिले गरेको मनोनयन महाधिवेशनलाई प्रभावित पार्ने उद्देश्यले गरिएको भन्दै असहमति जनाए ।
स्ववियु निर्वाचन भएको छैन, भातृ संस्था लथालिंग छ ,दलित संघ लगायत नेविसंघको महाधिवेशन नगर्नै अनि केन्द्रीय सदस्य भने भइरहने ? उनले प्रश्न गरे । यो सबै पार्टी नेतृत्व कमजोर र लालची हुनुको परिणाम हो – युवा नेता कर्णले आक्रोश पोखे । ९ वटा भातृ संस्थाको छ महिना म्याद थपियो, तर त्यसको कारण र आधार दिइएन भन्दै उनले पार्टी नेतृत्वको अकर्मण्यताले नेपाली कांग्रेस भुत्ते बनेको गुनासोसमेत गरे ।
सरकारमा नेकपा चरम रुपले असफल भएजस्तै प्रमुख प्रतिपक्षमा कांग्रेस पनि फितलो रहेको उनले बताए । यस्तो हुनुमा कमजोर नेतृत्व नै प्रमुख कारण हो – उनले प्रष्टसँग भने । यस्तो अवस्थामा पार्टीका युवा नेता टुलुटुलु हेर्ने ? उनले प्रश्न गरेका छन् । नेताहरु चूप लाग्दा पनि युवा पुस्ता सडकमा आउनुजरुरी रहेको उनको ठम्याई छ । त्यसका लागि हामी छलफल गरिरहेका छौं – उनले भने ।
पार्टी नेतृत्व कमजोर भएका बेला युवा पुस्ता एकजुट हुर्नैपर्छ भन्दै तर नेतृत्व गर्न समेत अरुको फेरो समाउने सोच र अवधारणा भने बदल्नुपर्ने उनको धारणा रहेको छ । सधैं नेताले तानी देलान् भन्ने आशामा बस्ने हो भने युवा पुस्ता पनि भुत्ते र कमजोर हुने उनको बुझाई छ । पार्टी सभापति शेरबहादुर देउवाले भने जस्तै नेतृत्व खोसेर लिने हो, कसैले किस्तीमा राखेर दिनेवाला छैन – नेता कर्णले भने ।
त्यसैले अब युवाहरुले एकजुट भएर नेतृत्व लिन पहल गर्नुपर्ने भन्दै उनले तर युवा पुस्ता स्वार्थमा विभाजित भने हुननहुने उल्लेख गरे । हामीले जबसम्म गणेश प्रवृत्ति त्याग्दैनौं, तबसम्म नेतृत्व हत्याउन पनि सक्दैनौं– युवा नेता कर्णको निश्कर्ष छ । पहिलो पुस्तालाई अभिभावकत्व दिएर युवाले नै पार्टीको नेतृत्व गर्ने हो । पार्टी नेतृत्व कमजोर र लोभी भएकाले पार्टी कमजोर भएको पनि उनको बुझाई रहेको छ । यसबीचमा हामीले पार्टी भित्र धेरै नेताहरुलाई परीक्षण गरिसक्यौं, जो सफल छन् तिनलाई पुरस्कृत गरौं असफललाई विश्राम गर्न भनौं – नेता कर्ण भन्छन् ।
पार्टी नेतृत्व अवसरका लागि मात्र नभई रिसइवी साँध्नसमेत भागबण्डामा रमाएकोप्रति उनले गम्भिर आपत्ति जनाए । गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई कारबाही गर्न नेताहरु नै भागबण्डा गर्छन् भने कार्यकर्तामा कस्तो प्रभाव पर्ला ? उनले प्रश्न गरे ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसंविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
असोज १, २०८१ मंगलबार
डेङ्गु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
असार १६, २०८१ आइतबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
एमालेको प्रदर्शनले खलबलियो उपत्यकाको ट्राफिक व्यवस्था
मंसिर ७, २०८१ शुक्रबार
लोकतन्त्रलाई बलियो बनाउन जागरणसभा
मंसिर ७, २०८१ शुक्रबार
उपत्यकाका नदी किनारामा २० मिटर मापदण्ड लागु नहुने, फैसला पुनरावलोकन गर्न आदेश
मंसिर ७, २०८१ शुक्रबार
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
मंसिर ७, २०८१ शुक्रबार
भद्रकालीबाट सुरु भयो एमाले जागरण सभाको र्याली
मंसिर ७, २०८१ शुक्रबार