यो तीजमा शान्तिप्रिय र सरिताको ‘रातो सारी लरक्कै’
नेपालबहस संवाददाता
साउन २०, २०७७ बुधबार ०:४३:१२
२० साउन, काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बी महिलाहरुको नजिकिँदै गरेको विशेषपर्व तीजको रमझम सांगीतिक रुपमा सुरु भईसकेको छ । यसै क्रममा बजारमा विभिन्न तीज भाकाहरु आईरहेको छन् ।
यही तीजलाई लक्षित गरेर गायिका मोडल एवम् सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज भाका ‘रातो सारी लरक्कै’ को भिडियो बजारमा ल्याएकी छिन् । उनले आफ्नो यो गीत आफ्नै अफिसियल च्यानल व्युटी न्युज नेपालबाट मंगलरबार रिलिज गरेकी हुन् ।
रेकर्डिङको हिसाबले सरिताको यो छैटौं गीत हो । यस अघि चार ओटा गीत उनले बजारमा ल्याईसकेकी छिन भने अरु दुई वटा गीतको भिडियो अर्को महिना रिलिज हुनेछन् । आफ्नो गीत तीजमा पर्वमा विभिन्न पहिरन र आभुषणले सजिएकी एक नारीले आफ्नो पहिरन, आभूषण र सौन्दर्यको प्रसँसा गर्ने प्रसँगमा आधारित रहेको गायिका सरिता भारतीले बताईन् ।
यो तीज गीत अग्रज पत्रकार शान्तिप्रियद्धारा लेखिएको हो । शान्तिप्रियको यसै महिना भित्र अझै तीन ओटा तीजगीत रिलिज हुने भएको छ । सँगीतबाट गिनिज अफ वल्र्ड रेकर्डमा नाम लेखाएका सन्तोष श्रेष्ठको संगीत यो तीज गीतमा छ । बिलक्षण क्रियसनले निर्माण गरेको यो गीतको भिडियोमा अभिनेत्रीद्धय अनामिका चौलागाईं, दीपाशा बिसीसँगै गायिका सरिता भारतीको प्रतिस्पर्धामुलक मुख्य भूमिका रहेको छ ।
यो गीतको भिडियोलाई अग्रज छायाँकार तथा निर्देशक राजु केसीले छायाँकन गरेका हुन् । भिडियोमा राहुल श्रेष्ठ छबी थापामगरको कोरियोग्राफी, बीरेन्द्र भाट ‘बिपिन’को छायाँकन, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की बिजेता लिना डँगोल र लक्ष्मी महर्जनको सृँगार छ । भिडियोलाई डब्बु क्षत्रीले तयार गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
प्रतिभाको मण्डला कलाको एकल प्रर्शनी सुरु
पुष १३, २०८१ शनिबार
केके कर्मचार्यको जीवनीमा आधारित ‘हिलोमा फुलेको फूल’ लोकार्पण
कात्तिक १७, २०८१ शनिबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार