बाढी पहिरोले क्षति गरेका संरचनाको ‘फास्ट ट्रयाक’मा मर्मत !
नेपालबहस संवाददाता
साउन २०, २०७७ बुधबार १:५२:१३
२० साउन, पोखरा । गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिराका कारणबाट प्रदेशमा क्षति पुगेका सिँचाइ नहर, कुलो लगायतका संरचना तत्काल मर्मतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
सिँचाइ प्रणालीमा प्राकृतिक विपत्तिले क्षति पु¥याउँदा कृषक मर्कामा परेको तथा समयमै मर्मत नगरे उत्पादनमा असर पुग्न गई खाद्यान्न उत्पादनमा आत्मर्निभर बन्ने सरकारी लक्ष्य समेत प्रभावित हुने भएकाले समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।
समितिको आजको बैठकमा प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई आमन्त्रण गरी प्राकृतिक विपत्तिबाट पुगेको क्षतिका बारेमा जानकारी लिँदै समितिले साना सिँचाइ तथा नहर अविलम्ब मर्मतको व्यवस्था मिलाउन तथा पीडित कृषकलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिका सभापति दीपक कोइरालाले सिँचाइ उत्पादनसँग जोडिएकाले क्षति पुगेका संरचनाहरु ‘फास्ट ट्रयाक’बाट बनाउन निर्देशन दिए । “कुलो नहर भत्किएका छन् बाली नालीमा क्षति पुगेको अवस्थाका प्रभावित कृषकलाई राहत दिन ढिलाइ गर्नु हुँदैन, यसतर्फ सरकारले तत्कालै काम गरोस्”, सभापति कोइरालाले भने ।
बैठकमा मन्त्री थापाले ठूला सिँचाइ आयोजना मर्मत सम्भार भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको बताउँदै साना सिँचाइको मर्मत र राहत वितरण साउन महिना भित्रमै सम्पन्न गरिने बताए । प्रदेशका जिल्लास्थित पशु विज्ञ केन्द्र तथा कृषि ज्ञान केन्द्रबाट बाढी पहिराले पु¥याएको क्षतिका बारेमा तथ्याङ्क सङ्कलनको काम भइरहेको जानकारी दिँदै उनले मापदण्ड बनाएर राहत प्रदान गरिने जानकारी दिए ।
उनले भने, “प्राकृतिक विपत्तिका कारणले पशु तथा कृषि क्षेत्रमा पुगेको क्षतिमा राहत दिन नीति कार्यक्रममा आपत्कालीन सेवा टेवा कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिएको छ, क्षतिको विवरण प्राप्त हुने चरणमा रहेकाले तत्कालै राहत सहयोग उपलव्ध गराउँछौ ।”
मन्त्री थापाले क्षतिको राहत लिन प्रहरीको सर्जिमिन मुचुल्का र स्थानीय तहको सिफारिससहित मन्त्रालयमा निवेदन दिन कृषकहरुलाई आग्रह गरे । बैठकमा समितिका सदस्यहरु मीनप्रसाद गुरुङ, डोवाटे विश्वकर्मा, भागवत प्रकाश मल्ल र सरिता गुरुङले प्रभावित कृषकलाई निश्चित मापदण्ड बनाएर राहत दिन तथा अवरुद्ध सिँचाइ, नहर र कुलोको मर्मत सम्भार गर्न माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेटौंडा औद्योगिक क्षेत्रमा थपिए दुई उद्योग
पुष २४, २०८१ बुधबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार