२२ दिनपछि सदरमुकाममा खानेपानी पुनःसञ्चालन
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १७:८:४९
Shares
२१ साउन, दमौली । गत असार २९ गतेको पहिराले खानेपानीको पाइप क्षति पुगेपछि अवरुद्ध भएको यहाँको खानेपानी २२ दिनपछि पूर्ण रुपमा सञ्चालन भएको छ । व्यास नगरपालिका–४ स्थित बैरेनीमार्गमा पहिराले पाइप क्षति पुगेपछि दमौलीमा खानेपानीको हाहाकार भएको थियो ।
पहिराले डिआइ पाइप बगाएको ठाउँमा ढलान गरिएपछि मङ्गलबार साँझदेखि खानेपानी वितरण गरिएको दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक अमर गिरीले जानकारी दिए । “पहिराले ४२ इन्चको डिआइ पाइपमा क्षति पुगेको थियो, उक्त स्थानमा गाह्रो लगाएर ढलान गरेपश्चात् खानेपानी पुनःसञ्चालन भएको छ”, उनले भने, “मङ्गलबार साँझबाटै पानी छाड्यौँ, आज बिहानबाट पूर्णरुपमा खानेपानी वितरण भएको छ ।”
पहिराले पाइपमा क्षति पुगेपछि समितिले दैनिक बिहान एक घण्टा मात्रै पानी वितरण गर्दै आएको थियो । तनहुँ सदरमुकामस्थित व्यास नगरपालिका वडा नं २, ३ र ४ मा समितिले खानेपानी वितरण गर्दैै आएको छ ।
“तीन वडामा दैनिक ३० लाख लिटर खानेपानीको आपूर्ति भइरहेको थियो, पहिराले पाइप क्षति पुगेपछि भने दैनिक १० लाख लिटर मात्रै पानी वितरण गरेका थियौँ”, उनले भने, “अब समस्या आएन भने दैनिक ३० लाख लिटर नै पानी वितरण हुनेछ ।”
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार