प्रदेश नं १ मा ९३ प्रतिशत धान रोपाइँ
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार १८:५८:१८
२१ साउन, विराटनगर । प्रदेश नं १ मा यस वर्ष अहिलेसम्ममा ९३ दशमलव ९५ प्रतिशत धान रोपाइँ भएको कृषि विकास निर्देशनालय विराटनगरले जनाएको छ । गत बर्ष ५६ दशमलव ७४ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको लगातार मनसुनको प्रभाव, सिँचाइको सुविधाजस्ता कारणले रोपाइँको क्षेत्र निकै बढेको निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अन्ुार उच्च पहाडी क्षेत्र ताप्लेजुङ, सङ्खुवासभा र सोलुखुम्बुमा २४ हजार ११३ हेक्टर धान लगाउने जमिनमा २२ हजार ९८३ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत रोपाइँ भएको छ । यस्तै, उच्च पहाडी क्षेत्र पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जमिनमा ८२ हजार २४ अर्थात ९० प्रतिशत र मध्यपहाडी क्षेत्र झापा, मोरङ र सुनसरी गरी दुई लाख २५ हजार ८०० हेक्टर जमिनमा दुई लाख १५ हजार २०२ हेक्टर जग्गामा अर्थात ९५ प्रतिशत धान रोपाइँ भइसकेको छ ।
रोपाइँको स्थितिलाई नियाल्दा सबैभन्दा बढी उत्पादन हुने जिल्ला झापामा ९८ प्रतिशत, मोरङमा ९४ प्रतिशत र सुनसरीमा ९३ प्रतिशत धान रोपाइँ भएको छ । रोपाइँ सबैभन्दा बढी शतप्रतिशत ओखलुढुङ्गामा चार हजार ४०३ हेक्टर जमिनमा र सोलुखुम्बुमा एक हजार ५२५ हेक्टर जमिनमा धान रोपाइँ भएको पाइएको छ ।
भौगोलिकताको आधारमा तुलना गर्दा उच्च पहाडी क्षेत्रमा ९५ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९० प्रतिशत र मध्यपहाडी क्षेत्रमा ९५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका प्रवक्ता सरस्वती श्रेष्ठले जानकारी दिए ।
मौसमको अनुकूलताले विगत केही वर्षको तुलनामा यस वर्ष धान लगाउन किसानले पानीको समस्या झेल्नुपरेको छैन भने यसको क्षेत्र अझ बढ्ने उनले बताए । असार १५ गतेसम्ममा २२ प्रतिशत मात्र रोपाइँ भएको यस क्षेत्रमा १५ दिन पहिले ८२ दशमलव ५१ प्रतिशत भएको थियो भने अहिले मौसम अनुकूलताले धान रोपाइँको क्षेत्र बढेको र अभैm केही प्रतिशत धान रोपाइँ बढ्ने निर्देशनालयको अनुमान छ ।
यस्तै अहिले धानमा गवारो र ब्लाष्ट ‘डडुवा’ रोगको पनि प्रकोप बढेकाले किसानले समयमै रोग र किराको व्यवस्थापन गर्न सक्यो भने निश्चितरुपमा विगत केही वर्षदेखिको तुलनामा यस वर्ष धानको उत्पादन धेरै राम्रो हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
धान रोपाइँको स्थितिलाई हेर्दा सरकारले धान दिवसको अवसरमा दिएको नारा ‘धान उत्पादन वृद्धि, आत्मनिर्भरता समृद्धि’ को पाटोमा टेवा पुग्ने विश्वास जागेको वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमिल्सिनाले बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्थिक वर्ष २०८१/०८२ को बजेट आज सार्वजनिक हुँदै
जेठ १५, २०८१ मंगलबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, प्रदेशतर्फ मधेशमा धेरै
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
उद्योग मन्त्रालयलाई ९ अर्ब २८ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार