प्रचण्डले बामदेवलाई साेधे ‘अब तपाईं के गर्नुहुन्छ ?
नेपालबहस संवाददाता
साउन २१, २०७७ बुधबार २०:१७:५
२१ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफू कुनै पनि नेता वा समूहको पक्षमा नभइ पार्टी एकताप्रति प्रतिबद्ध रहेको दाबी गरेका छन् ।
गौतमले मंगलवारको भेटमा आफू निश्चित नेता वा विचार समूहको पक्षमा नभई पार्टी एकताप्रति दृढ रहेको स्पष्ट पारेका हुन्।
मंगलबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएकाे उनका सहयोगी विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्ट पारेका छन् ।
कमरेड प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो। उपाध्यक्ष कमरेड बामदेव गौतमले ‘म ठूलोसानो कुनै पनि गुटमा लाग्दिनँ’ भनी अध्यक्ष प्रचण्डलाई बिदा गर्नुभयो,’ भेटबारे सुवेदीले भने।
प्रचण्ड मंगलवार गौतम निवास भैंसेपाटी पुगेका थिए। दुई नेताबीच करिब ४० मिनेट कुराकानी भएको थियो। गौतमले साउन १३ गते पार्टीको समस्या समाधानका लागि भन्दै ६ बुँदे प्रस्ताव ल्याएका थिए।
उक्त प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली ५ नै वर्ष नै प्रधानमन्त्री र महाधिवेशनसम्म अध्यक्ष रहने उल्लेख छ। सोही प्रस्ताव ल्याएकै दिन प्रधानमन्त्री ओली वामदेव निवास पुगेका थिए। त्यसपछि गौतम प्रचण्ड-वरिष्ठ नेता माधवकुमार नेपाल कित्ताबाट ओली कित्तामा गएको विश्लेषण गरिँदै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग अस्ट्रेलियाकी राजदूत जोनटनको भेटवार्ता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
मंसिर ४, २०८१ मंगलबार
निर्वाचन आचारसंहिता अनुगमन गर्न गृह मन्त्रालयलाई निर्देशन
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
मंसिर ४, २०८१ मंगलबार
विस्तृत शान्ति सम्झौताको १८ वर्ष, पीडितमा अझै न्याय पाउने आश
मंसिर ४, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
मंसिर ४, २०८१ मंगलबार